छत्रदेवका २८ वर्षिय युवाले गरे वडा अध्यक्ष पदका लागि उमेदवारी घोषणा

 

अर्घाखाँचीको छत्रदेव ०८ का २८ बर्षिय एक युवाले आगामी स्थानीय चुनावमा वडा अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेका छन् ।
स्थानीय सचिन पाण्डेले आउदो स्थानीय चुनावमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

लामो समय देखि काठमाडौंमा रहेर नेपाल तरुणदलबाट राजनीति गर्दै आएका युवा पाण्डे समाजसेवामार्फत स्थानीय तवरमा लोकप्रिय मानिन्छन् । आउदो चुनावबाट “जनताकै साथमा रहेर जनताको सेवा गर्ने”  भन्दै उनले उक्त उमेदवारी दिने बताए ।

उनले सामाजिक सन्जालमा “जनताले आफुलाई वडाको नेतृत्व गरि जनताको सेवा गर्न गरेको आग्रहलाई यसपालि इन्कार गर्न नसकेको ” भन्दै अघि बढेको उल्लेख गरेका छन् ।

कोरोना महामारीको समयमा ठूलो जाखिम मोलेर जनताको सेवामा खटिएका उनले जिल्लाबासीको सुरक्षाका लागि विभिन्न संघसंस्थालाई अनुरोध गर्दै अर्घाखाँचीका धेरै जसो स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लगायत सेनिटाईजर मास्क लगायत सामाग्री पुराएका थिए।।

युवा समाजसेवी पाण्डेको उम्मेदवारी घोषणाले छत्रदेव ८ मा फेरि एकपटक नयाँ तरङ्ग पैदा गरिदिएको छ । हामीसँगको कुराकानीमा पाण्डेले “आफू सधै जनताको दुख सुखमा साथ दिएकोले र जनता संगै हातेमालो गरेकोले आफुलाइ सबैले मतदान गरि जनताको सेवा गर्ने अबसर प्रदान गर्ने “ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?