गुल्मीका वडामा धमाधम युवा , रुरुक्षेत्र ५ मा एमालेबाट उमेदवारी दिने बिमल ज्ञवालीको घोषणा

भुवन भुसाल , चैत्र ११ गुल्मी ।

स्थानीय तहको निर्वाचन नजिकिए सङ्गै देशका विभिन्न स्थानीय तहमा युवाहरुले आफ्नो दाबी गर्न थालेका छन । केहिले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन भने केहिले दलको तर्फबाट आफ्नो दाबी प्रस्तुत गरेका छन ।

यता गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ मा स्थानीय समाजसेवीको छवि बनाएका बिमल ज्ञवालीले नेकपा एमालेबाट आफ्नो दाबी गरेका छन । २०५८ साल देखि अनेरास्ववियु बाट राजनीति सुरु गरेका ज्ञवाली रुरुक्षेत्रका अब्बल एमाले नेता मानिन्छन ।
सामाजिक संजालबाट उम्मेदवारी घोषणा गरेका ज्ञवालीले देश दर्शन टिभी सङ्ग भने ” मैले अग्रजको आशीर्वाद र युवाको साथले अगाडि बढ्ने सोचका साथ उम्मेदवारी घोषणा गरेको हुँ। ”

उनले सामाजिक संजालमा लेखेका छन “२०५८ सालदेखि विद्यार्थी राजनिति सुरुवात गर्दै जादा विभिन्न आरोह अबरोह पार गर्दै अहिले पार्टी भित्र वडा अध्यक्षमा उम्मेद्बारी दिने अबसर मिल्यो । जबज जिन्दावाद !नेकपा एमाले जिन्दावाद !!! ”

युवा नेता ज्ञवालीले उम्मेदवारी घोषणा गरे सङ्गै त्यहाँको राजनैतिक माहोल तातेको छ । केहिले सामाजिक संजालबाट उम्मेदवारी घोषणा गर्ने र पछि पछाडि फर्कने आंकलन गरेका छन भने केहिले युवाहरुले बोलेको कुराबाट पछाडि नहट्ने आंकलन गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?