गाँउमा दुख्ने बित्तिकै मल्हम लिएर पूग्ने रुपाकोट सेवा समाज जापान , मृगौला पिडितलाई करिब ४ लाख सहयोग


भुवन भुसाल , चैत्र १२ गुल्मी
रुपाकोट सेवा समाज जापानले गुल्मेली मृगौला पिडितलाई नगद सहयोग गरेको छ । चन्द्रकोट गाँउपालिका वडा न. ७ का मृगौला पिडित ३२ बर्षका रेशम पौडेललाई नगद ३ लाख ६६ हजार ३ सय ९५ रुपैँया सहयोग रकम हस्तान्तरण गरेको वडा अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले बताउनु भयो ।

 

गुल्मी चन्द्रकोट गाँउपालिका रुपाकोट बाट रोजगारीका शिलसिलामा जापानमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकम हस्तान्तरण गरिएको जापानबाट समाजसेबी प्रेमलाल पाण्डेले जानकारी दिनुभयो । ३२ बर्षकै उमेरमा दुवै मृगौलाले काम गर्न छोडेको र उपचारमा समस्या रहेको थाहा पाएपछि रकम संकलन अभियान संचालन गरेको र संकलित रकम गाउमै पुगेर हस्तान्तरण गरिएको समाजका अध्यक्ष मुकुन्द भण्डारीले जानकारी दिनुभयो ।

 

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले आफ्नो गास काटेर गरिब दुखीलाई सहयोग गर्ने रुपाकोट समाज जापानको मुक्तकण्ठले प्रसंसा गर्नुभयो । स्थानीय जनप्रतिनिधी , समाजसेवी लगायतको सहभागितामा रकम हस्तान्तरण गरिएको हो ।
३२ बर्षकै उमेरमा दुवै मृगौलाले काम गर्न छाडेपछि रेशम पौडेल हाल गौतमबुद्द सामुदायिक मुटु अस्पतालमा उपचाररत रहेका छन् भने रोग संगै आर्थिक समस्याको अर्को समस्या संग पनी जुधिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?