नेपाल औषधि ब्यवसायि संघ गुल्मीमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

 

रामकृष्ण कंडेल, चैत १२, गुल्मी । नेपाल औषधि ब्यवसायि संघ गुल्मीमा हालै निर्वाचित कार्यसमितिले सुक्रबारदेखि पदभार सम्हालेका छन् ।

तम्घासमा शुक्रबार आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । गुल्मी जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित अध्यक्ष फर्शुराम पाण्डे , उपाध्यक्ष पार्वती थापा, महासचिव गणेश श्रेष्ठ, सचिव नारायण प्रसाद अर्याल, कोषाध्यक्ष जुवानन्द बेलबासे , उपकोषाध्यक्ष अनन्त अधिकारी र सदस्यहरु हिम बहादुर पौडेल, खिम बहादुर ज्ञवाली, जयप्रकाश भट्टराइलाई पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराइएको हो ।

समारोहमा प्रमुख अतिथि औषधि व्यवसायी संघ लुम्विनी प्रदेशका सदस्य कमल प्रसाद पाण्डेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै औषधि व्यवसायमा देखिएका समस्या समाधानका लागि प्रदेश समितिले जिल्ला कार्यसमितिसँग मिलेर काम गर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष फर्शुराम पाण्डेले आफ्नो नेतृत्वको कार्यसमितिले तत्काल कार्ययोजना गोष्ठि आयोजना गरि कार्ययोजना सहित सबैलाइ समेटेर काम गर्ने र त्यसमा सबैको सहयोग रहनेमा आफु विश्वस्त रहेको भन्दै प्रतिबद्धता मन्तव्य राखेका थिए ।

 

नवनिर्वाचित कार्यसमितिका पदाधिकारिहरु लाइ निर्वाचन समितिका प्रमुख चुरामणी पन्थी र निवर्तमान शाखा अध्यक्ष महेश कुमार श्रेष्ठ प्रमुख अतिथी विषेस अतिथी लगाएतले खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो भने नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठ लाइ खादा र प्रमाणपत्रले सम्मान गरेको थियो । समारोहमा विषेश अतिथी गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले पुरानो कार्यसमिति लाइ धन्यवाद दिदै नयाँ कार्यसमितिले अझै वढि सामाजिक उत्तरदायित्व वहन गर्दै सफल व्यवसायि हुनको लागि अनुरोध गरेका थिए ।

 

नेपाल औषधि व्यवसायी संघ गुल्मीका संस्थापक अध्यक्ष एवं प्रदेश सल्लाहाकार सदस्य शेर बहादुर थापाले शुभकामना व्यक्त गर्दै विगतमा औषधि व्यवसायमा थुप्रै समस्या रहेको र सबै व्यवसायी एकताबद्ध ढंगले अगाडि बढि समस्याहरु समाधान गरिएको स्मरण गराउँदै आगामि दिनमा पनि सबै अझै बढि एकताबद्ध भएर जुट्नुपर्नेमा जोड दिदैँ यसका लागि आफ्नो सहयोग रहने कुरा बताएका थिए । निवर्तमान शाखा अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सचिव नारायण प्रसाद अर्यालको स्वागत मन्तव्य र महासचिव गणेश श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?