अब घरमै बसेर विद्युत महशुल भुक्तानी गर्न सकिने

हुमाकान्त पोखरेल , गुल्मी, १२ चैत । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ का नागरिकले घरमै बसेर विद्युतको महशुल भुक्तानी गर्न पाउने भएका छन् । एनएमबि बैकं र बडागाउँ सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूहबीच सम्झौता भएसँगै अब घरमै बसेर अनलाईनमार्फत विद्युत महशुल तिर्न पाउने भएका हुन् ।

बैंकको तर्फबाट लुम्बिनी प्रदेशका प्रमुख नविन विष्ट र उपभोक्ता समूहका तर्फबाट अध्यक्ष हरी छन्तेलले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सम्झौताबाट बडागाउँका एक हजार ९१० परिवार लाभाम्बित हुने बैंकका असिस्टेन्ट रिलेशनशिप म्यानेजर बिमल घर्तीले जानकारी दिए । यसरी बिल तिर्नको लागि प्रत्येक उपभोक्ताले एनएमबि बैंकमा खाता खोल्नुपर्नेछ । त्यसपछि मोबाइलमा बैंकको एप्लिकेशन डाउलोड गरी मोबाइल बैंङ्किक, अयललभअत क्ष्एक् वा अन्य वालेट सेवामार्फत घरमै बसेर बिल तिर्न सक्ने घर्तीले बताए ।

कार्यक्रममा एनएमबि बैंक तम्घास शाखाका म्यानेजर प्रविन अधिकारीले बैंकले बचत लिने र ऋण दिने मात्र नभइ सेवामुखी काम गरेको बताए । बढ्दो प्रविधिसँगै बैंक अगाडी बढेकोले अब सबै कामको लागि बैंक धाउनु नपर्ने अधिकारीको भनाई छ ।

कार्यक्रममा उपस्थित मुसिकोट नगरपालिका– ३ का अध्यक्ष कर्ण बहादुर घर्ति क्षेत्री र वडा नं ०४ अध्यक्ष ओमबहादुर केसीले बैंकले गाउँमै आएर सम्झौता गरी विद्युत महशुल बुझाउनकै लागि हुने झन्झटबाट उपभोक्तालाई मुक्त गरेकोमा खुसि व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?