छत्रकोटमा पुस्तकालय उदघाटन गर्न पुगेको टोली बैठक बसेर फर्कियो , २० बर्षदेखी बन्द रहेको पुस्तकालय पुन: संचालन हुने

भुवन भुसाल , चैत्र १३ गुल्मी
छत्रकोट गाउँपालिकाको धरमपोखरामा पुस्तकालय उदघाटन गर्ने कार्यक्रम बैठकमा परिणत भएको छ । छत्रकोट गाउँपालिका वार्ड न ४ को धरमपोखरामा रहेको ऋषि पुस्तकालय तथा वाचनालयको उदघाटन गर्ने कार्यक्रम बिहान ८ बजे राखिएको थियो । त्यसका लागि गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ , उपाध्यक्ष नर्मदा भण्डारी , वडा अध्यक्ष डिलाराम न्यौपाने लगायतको टोलि धरमपोखरा पुग्यो ।

उदघाटन गर्ने भनिएको भवनको बिहान ९ बजे सम्म पनि ताला झुन्डिएको थियो भने भवन अगाडि झार पात र फोहोर पनि देखिन्थ्यो । चाँबी कहाँ छ भनेर उपस्थित धेरैले समितिका ब्यक्ति हरुलाई फोन लगाइरहेका थिए । करिब सवा ९ बजे सम्म पनि भवनको ताला नभेटेपछि ताला लगाइएको भवन बाहिर बैठक मात्रै बसेर कार्यक्रम सम्पन्न गर्नुपर्यो ।

२०५४ सालमा उदघाटन भईसकेको जानकारी पछी बैठक बस्ने निर्णय भयो

वडा न. ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा बोल्ने अधिकांस ब्यक्तिले मिश्रित बिचार व्यक्त गरेका छन ।
बैठकमा उपस्थित गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले म तितो बोल्दिन भन्दै बोल्न सुरु गर्दै ” मेरो जे सम्पत्ती जे छ त्यहीँ दिने हो भन्दै “रिस” आफ्नो सम्पत्ति नभएकाले सकारात्मक सोच र बिचार व्यक्त गर्ने बताउनुभयो ।

अध्यक्ष पन्तले कृषकहरुको लागि उपयोगी हुने भन्दै पुस्तकालयलाई कृषि पत्रीका आफ्नो निजि खर्चमा एक बर्षको ब्यवस्थापन गरिदिने घोषणा गर्दै तोकिएको रकम बुझाएर आफू आजिवन सदस्य बन्ने प्रतिबद्धता ब्यक्त समेत गर्नुभयो । अध्यक्ष पन्तले २०५८ देखि बन्द रहेको पुस्तकालय पुन: संचालन गर्ने कार्यक्रम रहेको बताउदै उदघाटन पटक पटक नहुने बिचार ब्यक्त गर्नुभयो ।

२०५८ सालदेखी पुस्तकालय बन्द रहँदा ब्यवस्थापन समिती , यहाँका स्थानीयको मन पोलेन ? यहाँ राखिएको बोर्डले गिज्याएन ?  प्रतिप्रश्न गर्न चाहान्छु , गाउँपालिकाले  बन्द रहेको यो पुस्तकालय संचालनका लागि हात अगाडि बढाएको हो ” अध्यक्ष पन्तले भन्नुभयो । गाउँपालिकाले पुस्तकालय संचालनको लागि १ लाख बजेट बिनियोजन गरिदिने घोषणा समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले समितिका पदाधिकारी हरु नै पुस्तकालय संचालन नगर्ने सोचमा पो हुनुहुन्छ कि भन्दै आशंका व्यक्त गर्नुभयो ।

वडा न ४ का वडा सदस्य चुण्ड प्रसाद कंडेलले आफू परिवर्तन भए मात्रै समाज परिवर्तन हुने बताउनु भयो । स्थानीय समाजसेवी समेत रहनुभएका कंडेलले भन्नुभयो ” समितिका सबै ब्यक्तिहरु सहभागी भएको भए राम्रो हुन्थ्यो , यो सुचनाको कमिका कारण भएको होइन , म आफै धेरै पदाधिकारीलाई कल गरेको र सचिब माधब कंडेलले म भ्याउन्न आउन्न भन्नू भयो ” । यो कार्यक्रममा पुस्तकालयलाई उदघाटन गर्ने कुरा पनि आएको थियो तर पहिल्यै उदघाटन भएको जानकारी आएपछी पछाडि हटिएको जानकारी समेत गराउनुभयो ।

बैठकमा स्वागत मन्तब्य राख्दै बिष्णु कंडेलले आफुलाई खल्लो लागेको बताउदै समितिका बहुमत सदस्य उपस्थित हुनेगरी कार्यक्रम राख्न सुझाब दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रदेश ख समिती उपसभापति भेषराज कंडेलले गाउँपालिकाले आफ्नो स्थानीय तहमा रहेका सार्वजनिक सम्पत्तीको बारेमा चिन्ता गरेकोमा धन्यवाद दिदै संस्थाका अध्यक्ष , सचिब लगायतका बहुमत सदस्यलाई नखोजी कार्यक्रम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

कंडेलले भन्नुभयो ” संस्थालाई स्वतन्त्र नछोडी गाउँपालिकाले हस्तक्षेप गरेकाले संस्थाका पदाधिकारी कार्यक्रममा सहभागि नभएको हो , संस्थाले गलत गर्दा हस्तक्षेप गर्नुपर्ने भएपनी राजनैतिक आधारमा हस्तक्षेप गर्नु आपत्तीजनक छ । “

माओवादी केन्द्रका नेता रामचन्द्र कंडेलले यो पुस्तकालय अगाडि बढाउने कर्ममा गाउँपालिका लागेकोमा धन्यवाद दिनुभयो । कंडेलले पुस्तकालयको थप भौतिक सुधारमा लाग्न सुझाब समेत दिनुभयो ।

बैठकमा आफ्नो मन्तव्य राख्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मण कंडेलले समितिले गाउँपालिका अध्यक्ष सहितको टिम यहाँ आउदा बेवास्ता गर्नु लज्जास्पद बिषय भएको बताउनुभयो । वहाँले समितिका सदस्यहरुले गलत राजनैतिक संस्कार प्रस्तुत गरेको आरोप लगाउनुभयो । वहाँले माननीय प्रदिप कुमार ज्ञवालीले आफ्नो तर्फबाट पुस्तक लिएर आउदा पनि यहाँ नकारात्मक टिप्पणी गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

संस्थाको हिसाबकिताब समेत हाल सम्म सार्वजनिक नगरिएको , समिति गठन गर्दा एकलौटी गरेको लगायतका आरोप समेत लगाउनुभयो । ” यहाँ पुस्तकहरु गनाएका छन कुहिएर , गाउँ पालिका अध्यक्ष मधुकृष्ण पन्तले यस्को व्यवस्थापनको प्रयास गर्दा समितिले हेलचेक्र्याईं गरिएको छ ”  कंडेलले भन्नुभयो ।

संघीय सांसद प्रदिप ज्ञवालीको सांसद बिकास कोष मार्फत नगद पाँच लाख बिनियोजन गरेर यहाँ भवन निर्माण गरिएको स्थानीय होमनाथ कंडेलले बैठकमा जानकारी गराउनुभयो ।

यता कार्यक्रममा अनुपस्थित पुस्तकालय एवं वाचनालयका सचिब माधब कंडेलले भने आफुहरुले लामो समयसम्म पुस्तकालय संचालन गरेको , रेखदेखका लागि कर्मचारी पनि राखेर काम गरेको जानकारी गराउनुभएको छ ।

२०५४ सालमा नै उदघाटन भएको पुस्तकालय आज फेरि गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले उदघाटन गर्न लागेको  थाहा पाएको तर दोश्रो पटक उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएको बताउनु भयो । सचीव  कंडेलले पुस्तकालय फेरि संचालन गर्ने , बैठक मात्रै बस्ने कुरा आफुलाई कसैले नभनेको र पुस्तकालयको चाबीको बारेमा आफुलाई कसैले नसोधेको बताउनुभयो ।

“एमाले जनप्रतिनिधि हरुले राजनैतिक स्टण्डका लागि फेरि उदघाटनको तयारी गरेका हुन , पुस्तकालयको चाबी उपाध्यक्ष दिपा कंडेल संग भएको र वहाँलाई कसैले खबर नै नगरेकाले  उनिहरुको त्यो योजना सफल भएन” कंडेलले भन्नुभयो ।

२०५४ सालमा सुरु गरिएको पुस्तकालय ७ बर्ष निरन्तर संचालनमा रहेको तर माओवादी द्वन्द्वकालमा तोडफोड र किताब जलाईएपछी पुस्तकालय बन्द रहेको व्यवस्थापन समिती सचिब कंडेलले बताउनुभयो ।

लामो समय बन्द रहेको पुस्तकालय फेरी सचालन हुने भएपछी स्थानिय खुशी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?