“मेरो पुरै जिबन समाज सेवामा समर्पित गर्छु ” : एमाले नेता पाण्डे

भुवन भुसाल , चैत्र १४ गुल्मी
नेकपा एमाले गुल्मीका नेता राम प्रशाद पाण्डेयले आफ्नो पुरै जीवन समाज सेवामा समर्पित गर्ने बताउनुभएको छ । छत्रकोट गाउँपालिका वार्ड न ५ खर्ज्याङ्गको वडा कार्यालय भवनको उदघाटन कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताउनुभएको हो ।

वडा कार्यालय भवन बनाउन समितिका व्यक्तिहरुले भनेकै मुल्यमा जग्गा समेत हस्तान्तरण गरेका नेता पाण्डेको उपस्थित सबैले मुक्तकण्ठले प्रशंसा गरेपछी नेता पाण्डेले भन्नुभयो ” समाजले माग्दा जग्गा , सम्पत्ति मात्र हैन ज्यान नै दिन तयार छु , मेरो पुरै जिबन समाज सेवामा समर्पित गर्छु ” । कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले यो मानव जीवन सेवा गर्नकै लागि खर्च गर्ने बताउदै देश , बिदेशका व्यवसायीक अनुभवहरु आफ्नै ठाउँ सिंगार्न लगाउने दाबीसमेत गर्नुभयो । कार्यक्रममा बोल्दै नेता पान्डेयले मृत्यु पश्चात् अन्तमा जाने ठाउँ सबैको एक भएको भन्दै आफुले सम्पत्तीलाई साधनको रुपमा मात्रै लिएको र अरुलाई पनि साध्यको रुपमा नलिन आग्रह गर्नुभयो ।

नेकपा एमाले छत्रकोटका लोकप्रीय नेताका रुपमा परिचित नेता पाण्डेले वडा कार्यालय भवन बनाउन १० रोपनी जग्गा नगद १२ लाखमा दिनुभएको वडा न ५ का वडा अध्यक्ष कृष्ण पन्थले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले समेत यति सुन्दर ठाउँमा सुलभ मुल्यमा जग्गा उपलब्ध गराउने पान्डेयको खुलेर प्रशंसा गर्नुभयो । छत्रकोट २ का वडा अध्यक्ष रुक बहादुर राकशकोटिले आफुले आफ्नो वडामा भवन बनाउन प्रती रोपनी ४ लाखका दरले जग्गा किन्नुपरेको सुनाउदै खर्ज्याङ्ग बासी भाग्यमानी रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी सबै वक्ताहरुले बोल्ने अधिकांस समय नेता पाण्डेयको प्रसंसामा खर्च गरेका थिए । वडा कार्यालय भवनको उदघाटन गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले गर्नुभएको हो । कुल ४६ लाख लागतमा हाल सम्मको निर्माण सम्पन्न भएको वडा कार्यालय भवनमा अझै २० लाखको काम बांकी रहेको निर्माण समिती अध्यक्ष कमल पाण्डे सरोजले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?