जनप्रतिनिधि भएकाले फेरि दोहोर्याएर लोभ गर्नु हुदैन : वडा अध्यक्ष राकसकोटी

भुवन भुसाल , चैत्र १५ गुल्मी
छत्रकोट गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष रुक बहादुर राकसकोटिले आगामी स्थानीय तह निर्वाचनमा पहिले जनप्रतिनिधि भएकाहरु दोहोरिन नहुने बताउनुभएको छ ।

वडा न ५ खर्ज्याङ्गको वडा कार्यालय उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राकसकोटी ले स्थानीय तहमा फेरि लोभ नगर्न जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो । वहाँले स्थानीय तहमा नेतृत्व गर्ने अवसर फरकफरक व्यक्तिले पाउनुपर्ने बताउनुभयो ।

स्थानीय तहमा गएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु दोहोरिने आकांक्षा राखिरहेका बेला वहाले यस्तो बताउनुभएको हो ।अरु युवा साथीहरू संग भएका अनुभव र जोशलाई देश बिकासमा लगाउन पर्ने वहाले बताउनु भयो । गएको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले फेरि उठ्ने लोभ देखाएको भन्दै सधै एउटै त्यहीँ पदमा व्यक्तिले लोभ गरिरहनु लज्जास्पद रहेको बताउनुभयो ।

देश दर्शन टिभी सङ्ग कुरा गर्दै राकसकोटीले देशको प्रधानमन्त्री समेत २ पटक भन्दा धेरै पटक हुन नपाउने गरेर संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । वहाँले ६५ बर्ष उमेर पुगेपछी नया प्रविधि संग जान नसक्ने भएकाले उमेर भएका प्रबिधी संग अभ्यस्त व्यक्ति उम्मेदवारको रुपमा आउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष राकसकोटिले आगामी निर्वाचनमा आफू वडामा नदोहोरिने घोषणा समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?