छत्रकोटमा संग्राहलय उदघाटन , २ सय बर्ष पुरानो क्यामरा देखि ठड्यौरो सम्म

 

भुवन भुसाल ,चैत्र १५ , गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिकामा संग्राहलय उदघाटन गरिएको छ । गाउँपालिकाले वडा न ३ को भेडुवा देउराली डाँडामा एक औपचारिक कार्यक्रम आयोजना गरेर संग्राहलय उदघाटन गरिएको हो ।

संग्राहलयमा २ सय बर्ष पुरानो क्यामरा देखि पुराना ठेकी , काठका डाडु , स्टोभ , हाँडी , चुलेसी , ठड्यौरो लगायतका पुराना ऎतिहासिक सामाग्रीहरु राखिएको छ ।

 

 

छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले रिबन काटेर संग्राहलयको उदघाटन गर्नुभएको हो । उदघाटन गर्दै अध्यक्ष पन्तले छत्रकोट गाउँपालिकाले पुराना सामाग्री संरक्षण गर्ने कर्ममा गौरब लाग्ने काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

 

गाउँपालिकाका हरेकका घरमा भएका एतिहासिक सामाग्रीहरु संग्राहलयमा ल्याउन अध्यक्ष पन्तले आग्रह गर्दै संरक्षणमा जुट्न सबैमा आग्रह समेत गर्नुभयो । पन्तले यस्को बिकासको लागि पालिकाले थप ३ लाख बजेट विनियोजन गरेको जानकारी समेत गराउनुभयो ।

 

गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले पुराना सामाग्रीको संरक्षण एवं भोलिको पुस्तालाई जानकारी दिन संग्राहलय र यस्मा राखिएका सामाग्रीले महत्त्वपूर्ण भुमिका निभाउने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै नेकपा एमाले छत्रकोटका अध्यक्ष पिताम्बर अर्यालले यो संग्राहलयले पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । यो ठाउँ प्रकृतिको अनुपम उपहार भएको भन्दै अब रिसोर्ट , सार्वजनिक धारा , तारजाली लगायतका काम गर्न सकिए यस्को बिकासमा अझै कोशेढुङ्गा साबित हुन सक्ने बताउनुभयो ।

 

 

कार्यक्रममा बोल्दै छत्रकोट गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष रुक बहादुर राकसकोटिले उदघाटन मात्रै गर्ने भन्दा पनि हिसाबकिताब समेत सार्वजनिक गरेको भए पारदर्शी हुनसक्थ्यो भन्दै सुझाब दिनुभयो । वहाँले भन्नुभयो ” कैचिले रिबन काट्ने र ताली बजाउने मात्रै गरेर भन्दा अध्यक्ष ज्युले यस्को खर्च विवरण पनि सार्वजनिक गरेको भए बोल्न पनि राम्रो हुन्थ्यो ” । कार्यक्रममा थप सुझाब दिदै वहाँले केबल भवन मात्रै बनाएर यस्को महत्व नहुने भन्दै , गेट निर्माण , पार्क निर्माण लगायतका काम समेत गर्न आग्रह गर्नुभयो ।

 

वडा न ३ का वडा अध्यक्ष तेजकान्त अर्यालले आफ्नो वडामा संग्राहलय बन्नु खुसीको कुरा भएको भन्दै संचालनमा जुट्न सबैमा आव्हान गर्नुभयो ।

 

 

निर्माण समितिका सदस्य कृष्णप्रसाद खनालले निर्माणका समयमा भोग्नुपरेका दुख र समस्या सुनाउदै संग्राहलय डम्पिङ साइट मात्रै बन्न सक्ने तर्फ सचेत गराउनुभयो । यहाँ जस्ले जे ल्यायो त्यै राख्ने कुराले यस्को महत्त्व घट्न सक्छ , के राख्ने के नराख्ने एउटा निर्णय गर्दा राम्रो हुन्छ , जस्ले जे ल्यायो त्यै राख्दा यो डम्पिङ साइट मात्र बन्न सक्छ , बेलैमा सचेत हुन आवश्यक छ” वहाँले भन्नुभयो ।

 

निर्माण समिती अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष भुवन टण्डनले नैतिक शिक्षा र एतिहासिकता हराउदै गएको अवस्थामा यो संग्राहलयले एतिहासिकता संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?