गुल्मीमा टपरी उद्योग

पछिल्लो समय बजारमा पलाष्टिकका सामग्रीहरुको प्रयोग बढ्दो छ । अहिले घरदेखि होटल र बजारका पाटीहरुमा सजिलोको लागि पलाष्टिकका सामग्रहीहरुको उपयोग गरिन्छ । यी सामग्री प्रयोगमा केहि सजिलो भएपनि वातावरणीय र स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन् ।

पहिले गाउँगाउँमा पुजा र भोतभतेरमा प्रयोग गरिने दुनाटपरी पाइन छोड्यो । दुनाटपरी पाका पुस्तामा मात्रै सिमित छ । सीप हस्तान्तरण नहुँदा युवा पुस्ता दुनाटपरी बनाउँदैनन् । गुल्मीको रेसुङ्गा नगरपालिका ८ ले भने दुनाटपरी उद्योग संचालन गरेको छ । वडा कार्यालयले मेसिन खरिद गरेर वडा नं ८ का विभिन्न आमा समुहमा आवद्ध कच्चा पदार्थ उलपब्ध र जनशक्ति व्यवस्थापन गरेर दैनिक एक घण्टा दुनाटपरी बुन्ने तालिम प्रदान गरिने वडाध्यक्ष भरत भलामीले जानकारी दिए ।

महिलाहरुले ढुक्कसंग दुनाटपरी बुन्न सक्ने भएपछि वडाले महिला समुहलाई उद्योग हस्तान्तरण गर्ने भलामीले बताए । रेसुङ्गा नगरपालिका ८ ले महिला लक्षित तीन लाख ५० हजार बजेटबाट उद्योग संचालनको काम अगाडी बढाएको वडासचिव निर्मला रोकाले जानकारी दिइन् । उद्योगको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले तालिमसंगै व्यावसायीक बन्नुपर्नेमा जोड दिइन् । उनले तालिम मात्रै लिएर जीवन स्तरमा परिवर्तन नहुने भएकाले मनदेखि सक्रियता देखाउन महिलाहरुलाई आग्रह गरिन् ।

आफू निर्वाचित भएदेखि झन्डै चार सय भन्दा बढिलाई तालिम प्रदान गरिएको भण्डारीले बताइन् । होटल व्यावसायी संघका अध्यक्ष जंग बहादुर कुवंरले प्रत्येक होटलमा पाहुनाहरुलाई दुनाटपरीमा खुवाउने गरेर व्यावसाय अगाडी बढाउन महिलाहरुलाई आग्रह गरे । पुराना सामग्रीबाट नयाँ अनुभव लिन पर्यटकहरुले भ्रमण र खर्च गरिरहेकाले दुनाटपरीले व्यावसायीक बनाउने कुवंरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?