“हाम्रो पहिलो उद्देश्य नागरिकको जिवनस्तर उकास्नु हो ” : एमाले उपमहासचिव ज्ञवाली

भुवन भुसाल , चैत्र १६ , गुल्मी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपमहासचिव एवम् पुर्व मन्त्री प्रदिप कुमार ज्ञवालीले आफ्नो र आफ्नो पार्टिको ध्यान नागरिकको जीवन उकास्नु रहेको बताउनुभएको छ । छत्रकोट गाउँपालिका वार्ड न ४ ले आयोजना गरेको ज्यष्ठ नागरिक तथा स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै नेता ज्ञवालीले आफ्नो सरकारले खरका छाना मुक्त घर बनाउने कामको सुरुवात गरिएको , लिफ्टिङ्ग खानेपानीको काम गरेको , काठका पोल बिस्थापन गरेर फलाम वा स्टिलका पोल राखेको , प्रत्येक पालिकामा पक्की सडक पुर्याएको बताउनु भयो । नेता ज्ञवालीले सबै बालबालिका बिधालय जाने वातावरण बनाएको र अभिभावक नभएका बालबालिकाको आफै अभिभावकत्व ग्रहण गरेको समेत स्मरण गर्नु भयो ।

 

गुल्मी क्षेत्र न १ का संघीय सांसद समेत रहनुभएका नेता ज्ञवालीले देशमा स्वास्थ्यको क्षेत्रमा हस्पिटललाई जनताको आगन सम्म ल्याउन गत बर्ष मंसिरमा एकैदिन ३ सय ९६ वटै पालिकामा १५ बेडको अस्पताल सिलान्यास गरेको बताउनुभयो ।

खाने पानी समस्या समाधान गर्यौ

खानेपानीको प्रसंग निकाल्दै वहाँले भन्नुभयो ” खानेपानीको समस्या त्यस्तै जटिल थियो , यो पीडा सबभन्दा बढि आमा दिदिबहिनीहरुलाई बिहान ४ बजे उठेपछी पहिलो तनाबै पानी लिन तल पधेरामा झर्नु पर्यो , कुवामा झर्नु पर्यो , जलवायु परिवर्तनका कारणले पानीका मुहान सुक्दै छन , हिजो कलकल बग्ने धाराहरुमा अहिले त्यो कोल्टो भरिदा पनि नभरिने गरि सुक्दै गरेको अवस्था छ । यस्तो अवस्थामा लिफ्ट गरेर हुन्छ , सतहको पानी ल्याएर हुन्छ या कहाँबाट हुन्छ, प्रत्येक नागरिकको घरमा एक घर एक धारा अभियान अगाडि बढायौं ।”

“यहि छत्रकोटकै कुरा गरौं छत्रकोटमा केही केही ठाउँहरु पानीका लागि कति दुखका थिए तपाईं सबैलाई संझना छ , दौघाका काकाकुल गाउँ भनेर बदनामै भएजस्तो , दौघामा छोरीदिन नमान्ने यो खालको अवस्थालाई अन्त्य गर्दै हामिले दौंघामा खानेपानीको एउटा ठुलो कार्यक्रम संपन्न गर्यौं , अहिले त्यो कार्यक्रम सम्पन्न भएको छ उदघाटन गर्नमात्रै बाकी छ , हुँगामा त्यस्तै थुप्रै नेताहरु बस्ने ठाउँ तर खानेपानीको एकदम चर्को अभाव हामिले त्यहाँ खानेपानीको समस्या समाधान गरेका छौँ ।”

नेता ज्ञवालीले थप्दै भन्नुभयो ” पल्लिकोटमा त्यस्तै थियो अस्ति म आफैले त्यस्लाई उदघाटन गरेँ २ सय भन्दा धेरै परिवारले स्वच्छ र स्वस्थ खानेपानी पाउने अवस्था सिर्जना भएको छ ।

नेता ज्ञवालीले आफ्नो सरकारले गरेका कामको फेहरिस्त सुनाउदैँ स्वास्थ बिमा कार्यक्रम अगाडि बढाएको समेत सुनाउनुभयो । वहाँले स्वास्थ्य बिमा कार्यक्रम असाध्यै राम्रो कार्यक्रम भएको भन्दै यस्मा आबद्द हुन सबैमा आह्वान समेत गर्नुभयो ।

देशमा साढे ४ लाख परिवार सुकुम्बासी रहेको भन्दै उनिहरुलाई घर जग्गा दिन सुकुम्बासी आयोग बनाएको तर सरकार परिवर्तन भएपछी जनताको प्रत्यक्ष सरोकार भएको यति महत्वपूर्ण काम माथी प्रहार भएको समेत आरोप लगाउनुभयो । आयोग अहिले अलपत्र जस्तै रहेको र आफुहरुले त्यस्लाई अलपत्र हुन नदिने र फेरि अगाडि बढाउने दाबी गर्नुभयो ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा न ४ ले आयोजना गरेको सम्मान कार्यक्रममा नेता ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको हो । वडा अध्यक्ष डिलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त , उपाध्यक्ष नर्मदा भण्डारी , एमाले जिल्ला कमिटी सदस्य राम प्रसाद पाण्डेय , प्रदेश कमिटी सदस्य होमनाथ कंडेल , गाउँ कमिटी अध्यक्ष पिताम्बर अर्याल , सचिब यज्ञ पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले आफुले निर्वाचनको बेला गरेका अधिकांस बाचा पूरा गरेको भन्दै आफू पुनः पदमा रहदा वा नरहदा सधै जनता संगै रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?