डा . चन्द्र भण्डारी इन्जिनियरको टोली सहित रिडिमा , तिनमुखे पुलको बीचमा कफी सप बनाउने सोच

भुवन भुसाल, चैत्र १९ गुल्मी
नेपाली कांग्रेसका नेता डा चन्द्र भन्डारी इन्जिनियरको टिम सहित गुल्मी आउनु भएछ । गुल्मी , स्याङ्जा र पाल्पा जोड्ने तिनमुखे पुलको दीर्घकालीन संचालनको लागि के गर्न सकिन्छ भन्ने अध्ययन गर्न डा भण्डारी यहाँ आउनुभएको छ ।

नमुना तिनमुखे पुलका शिलान्यासकर्ता समेत रहनुभएका नेता भण्डारीले पुलको बीचमा लिफ्ट सहितको क्याफे बनाउन सकिन्छ कि भन्ने बिषयमा अध्ययन गर्न इन्जिनियरको टोलि सहित गुल्मी आउनुभएको हो । ” यो पुल सामान्य पुल होइन , नमुना पर्यटकिय पुल हो , यहाँ झिलिमिली बत्ती समेत हुनेछन तसर्थ यस्को दीर्घकालीन संचालनका लागि के के गर्न सकिएला भन्ने बिषयमा अध्ययन गर्न इन्जिनियर साथीहरू समेतको टिम लिएर यहाँ आएको हुँ ” डा भण्डारीले भन्नुभयो ।

” रेगुलर आम्दानी भएन भने भोलि बिद्धुतको महशुल सम्म तिर्न नसक्ने दिन पनि आउन सक्छ , के गर्न सकिएला भन्ने सोचका साथ आएका हौं वहाँले भन्नुभयो ” ।
इन्जिनियर्स एसोसिएसन अफ नेपालका अध्यक्ष हरि दर्लामी , तिनमुखे पुलका डाइरेक्टर भरत अर्याल, निर्माण व्यवसायी महेन्द्र अधिकारी , साइड इन्जिनियर गोपाल थापा लगायत ९ जनाको टोली गुल्मी आएको हो ।

तिनमुखे पुलको बिचको पिल्लारमा ६ तला छन , ती छ तलालाई चारै तिरबाट सिसा लगाएर सुन्दर घर बनाउन सकिने ठाउँ छ त्यस्मा कफि पिउने ठाउँ बनाउन सकियो भने यस्को महत्व अझै बढ्न सक्छ । “इन्जिनियर सहितको टिमको प्रारम्भिक अध्ययनमा कफि सप बनाउन सकिने र त्यस्को लागि लिफ्ट समेत राख्न पाए सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने सोचमा आधारित भएर काम सुरु गरेका छौं , अध्ययन हुँदै छ हेरौं गर्दै जाँदा कहाँ पुगिन्छ “डा भण्डारीले भन्नुभयो ।

 

२०७१ साल मसिर १५ गते सबिधान सभा सदस्य डा चन्द्र भण्डारी र तत्कालिन मुख्य सचिब लीलामणी पौडेलले शिलान्यास गरेको यो पुल उदघाटनको पर्खाईमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?