तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: उप महासचिव ज्ञवाली

 

माधव ज्ञवाली, बुटवल नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । नेकपा एमाले गुल्मी– रुपन्देही युवा बिद्यार्थी मञ्चले शुक्रबार आयोजना गरेको अगुवा कार्यकता भेलामा बोल्दै पाँच दलीय गठबन्दनले एमालेलाई केही फरक नपर्ने उनको भनाइ रहेको छ ।पूर्वपरराष्ट मन्त्रीसमेत रहेका नेता ज्ञवालीलले एमालेसंग एक्लै चुनाव लड्न सक्ने सार्मथ्य भएकाले गठबन्धनसंग डराउन नपर्ने बताए ।उनले एमाले ६० प्रतिशत भन्दा बढि मतका साथ बिजय हासिल गर्ने दावी गर्दै एमालेको नेतृत्वमा देशको बिकास र समृद्धि हुने ठोकुवा समेत गरे ।

ज्ञवालीले आउने स्थानीय चुनावमा गुल्मीमा एमालेले १२ वटा सिटमा जित सुनिश्चीत गर्ने दावी गर्दै कार्यकर्तालाइ चुनाव केन्द्रित भएर लाग्न आग्रह गगरे ।

यता नेकपा एमालेका सचिव गोकर्ण विष्टले कांग्रेस, माओवादी र समाजवादी जस्तो अरुको भरमाचुनाव लड्ने पार्टी एमाले नभएको बताए ।उनले एमाले एक्लै बहुमतका साथ चुनाब जित्ने दावी गर्दै अहिलेको गठबन्धन लामो समय नटिक्ने बताए । देशभर नै एमालेमा जनलहर फैलिएको बताउदै सबै कार्यकर्तालाइ चुनाबमा केन्द्रित भएर लाग्न समेत उनले।आग्रह गरेका छन् । उनले गुल्मीको बिकास र समृद्धिका लागि एमाले निरन्तर लागि रहने समेत बताए ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य कमल राज श्रेष्ठ, युवा संघका कन्द्रिय सदस्य प्रज्वल खड्का लागायतले आफ्ना भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?