रुपन्देहीमा सत्तारुण दलले गठबन्धन गर्ने

भैरहवा, चैत १९गते ।
सत्ता गठबन्धनमा आबद्ध पाँचदलले रुपन्देहीमापनि चुुनावीतालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपालीकाँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावीतालमेलको आवश्यकता ठहर गर्दै सो को लागी जिल्ला स्तरिय संयन्त्र गठन गरेको छ ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सयोजकत्वमा नेकपा माओबादी केन्द्रका जिल्ला सयोंजक नारायण जिसी, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजबादीका अध्यक्ष राजुु गुुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समीती गठन गरेको छ । उक्त समीतीले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको बस्तुु स्थिती बुुझी केन्द्रलाई सुुझाव पठाउने छ । भने जिल्लामा आवश्यक रणनीती तय गर्ने छ । संयन्त्रले आआफ्नो पार्टीको स्थानीय तहमा बस्तुु स्थिती बुुझी यही चैत २२ गते थप छलफल गर्ने छ ।

बैठकमा नेपालीकांग्रेसका केन्द्रीय सदस्यअब्दुुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाण, उपसभापतिथानेश्वर घिमीरे, शुुसिलगुरुङ्ग, माओबादी केन्द्रकाजिल्ला ईन्चार्जहकिकुल्लाखाँ, जनता समाजबादीकाअध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजबादीका ईन्चार्ज सिद्धीचरण भट्टराई, माओबादी केन्द्रका सोनीयायादव, माओबादीकै केन्द्रीय सदस्यमहसुदअली, जनमोर्चाकाजिल्लाअध्यक्षबद्रे आलम, नेत्र आचार्यलगायतको सहभागीता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?