“काम नगर्ने निर्माण ब्यवसायीलाई ठेक्का नदिउँ ” डा चन्द्र भण्डारी


भुवन भुसाल , चैत्र २० गुल्मी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई अर्को ठेक्का दिनु नहुने बिचार ब्यक्त गर्नुभएको छ ।

गुल्मीदरबार गाउँपालिका ५ को अमरअर्वाथोक स्वास्थ्य चौकीको नवनिर्मित भवन हिजो शनिबार उदघाटन गर्दै सबिधान सभा सदस्य समेत रहनुभएका डा. भण्डारीले सरकारका सबै योजना समयमा सम्पन्न नहुनुमा निर्माण व्यवसायी पनि दोशी रहेको बताउनुभयो । १ करोण २८ लाखमा ठेक्का संझौता भई पन्त श्री कृष्ण जेभीले भवन निर्माण गरेको हो ।

निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा पहिल्यै काम सकेका निर्माण व्यवसायीहरुको डा भण्डारीले खुलेर प्रशंसा गर्नुभयो । ” यो देशका योजना केवल सरकारले चाहेर मात्रै सम्पन्न हुने होइनन् , निर्माण व्यवसायीले समयमा काम नगरिदिएर कैयौं योजना अलपत्र छन , तर यो भवन निर्माणको जिम्मा लिने निर्माण व्यवसायी प्रसंसायोग्य हुनुहुन्छ ” । निर्माण व्यवसायी मोहन पाण्डेको नाम समेत लिदैं डा भण्डारीले पाण्डे जस्ता व्यवसायी सबै हुने हो भने देशको मुहार अर्कै भईसक्थ्यो भन्दै निर्माण व्यवसायी छनोट गर्दा त्यस्का अन्य ठेक्काको व्यवहार पनि हेर्नुपर्ने बताउनुभयो ।

 

भवन उदघाटन कार्यक्रममा निर्माण व्यवसायीले समयमै गुणस्तरीय काम सम्पन्न गरेको भन्दै सम्मान समेत गरिएको छ ।

फरक प्रसंगमा डा भण्डारीले गाउँपालिका अध्यक्ष स्वर्गिय असोक कुमार श्रेष्ठको अर्को थप सपना पूरा भएको भन्दै अध्यक्ष श्रेष्ठलाई स्मरण गर्नुभयो । बिकासको कुरामा राजनीति गर्न नहुने बिचार राख्दै डा भण्डारीले सत्कर्म जस्ले गरेपनी सत्कर्म नै हुने बताउदै राजनैतिक रङ्ग सबैतिर नछर्न आग्रह गर्नुभयो । स्थानीय तहमा राजनैतिक पार्टी बाट उम्मेदवार हुने प्रचलनले मिलेर बसेको समाजमा अनावश्यक राजनैतिक द्वन्द्व मैलाउने रहेछ भन्दै व्यक्ति , व्यक्ति मात्रै निर्वाचन लड्ने पार्टी नचाहिने व्यस्था गर्नु पाए राजनैतिक बिवाद पनि नहुने र क्षमतावान ब्यक्ती पदमा पुग्न सक्ने बिचार राख्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?