गुल्मीदरबारको अम्मरअर्वाथोक स्वास्थ्य चौकी भवन उदघाटन (फोटो समाचार)

भुवन भुसाल , चैत्र २० , गुल्मी
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अमरअर्वाथोक स्वास्थ्य चौकीको नवनिर्मित भवन उदघाटन उदघाटन गरिएको छ । हिजो शनिबार नेपाली कांग्रेसका नेता एवम् संबिधानसभा सदस्य डा चन्द्र भण्डारीले आज एक कार्यक्रमका बिच भवनको उदघाटन गर्नुभएको हो ।

 

कार्यक्रमलाई संबोधन गर्दै नेता डा भण्डारीले ग्रामीण भेगमा अब २ वटा मात्रै समस्या रहेको बताउनुभयो । वहाँले भन्नुभयो ” हाम्रा बिचमा २ वटा समस्याहरु छन एक गुणस्तरीय स्वास्थ्य सेवा र प्राबिधिक एवम् गुणस्तरीय शिक्षा हुन , यी समस्या समाधानका लागि सबै मिलेर लागौं ।”

गुल्मीदरबार गाउँपालिकाका वार्ड न ५ का वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी अध्यक्ष लिला बहादुर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका कार्यवाहक अध्यक्ष मिना भण्डारी , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे , नेपाली कांग्रेसका नेता धनेन्द्र कार्की , गाउँपालिकाका जनप्रतिनिधिहरु , कर्मचारी , स्वास्थ्यकर्मी स्थानिय समाजसेवी , बुद्धिजीवी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

 

२०७७ सालको पौष ६ गते देखि पन्थ श्री कृष्ण जे भिले निर्माण सुरु गरेको थियो । कुल १ करोण ३२ लाख ६२ हजार ३ सय ३० रुपैयाँ ३७ पैसामा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

 

स्वास्थ्य चौकी भवन बनेपछी यहाँका २५ सय घर परिवारले प्रत्यक्ष लाभलिने गाउँपालिकाकि कार्यवाहक अध्यक्ष मिना भण्डारीले जानकारी दिनुभयो । कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले गर्नुभएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?