गुल्मी छत्रकोटमा निर्वाचन अधिकृतको कार्यालय स्थापना , सर्वपक्षिय अन्तर्कृया सम्पन्न

भुवन भुसाल , बैशाख ८ गुल्मी
स्थानीय तह निर्वाचन नजिकिए सङ्गै निर्वाचन आयोगले आफ्नो तयारी लाई तिब्रता दिन थालेको छ । आज निर्वाचन आयोगले देशका ७५३ वटै स्थानिय तहमा एकैदिन निर्वाचन अधिकृतको कार्यालय संचालन गरेको छ ।यसैबिच गुल्मीको छत्रकोट गाउँपालिकामा पनि एक कार्यक्रमको आयोजना गरि अधिकृतको कार्यालय शुभारम्भ एव अन्तर्कृया कार्यक्रम सम्पन्न गरिएको छ ।

 

निर्वाचन आयोगबाट छत्रकोट गाउँपालिकाको निर्वाचन अधिकृतको रुपमा खटिनुभएका राजेन्द्र अर्यालले आज देखि नै छत्रकोटको निर्वाचन अधिकृतको कार्यालयमा ८ जना कर्मचारी रहने जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै अधिकृत अर्यालले भन्नुभयो ” हामि निर्वाचनका हरेक प्रक्रियामा तपाईहरु सङ्ग सौहार्दपुर्ण तरिकाले , समन्वय गर्दै काम गर्ने छौं , निर्वाचन लाई स्वच्छ , निश्पक्ष , भयरहित र मर्यादित बनाउन सबै छत्रकोटबासिको सहयोग रहने अपेक्षा गरेका छौं ” । अर्यालले निर्वाचनमा आयोगले तोकेका आचरणहरु पालना गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

 

सहायक निर्वाचन अधिकृत कृष्ण प्रसाद पन्थीले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सहायक अधिकृत पन्थीले निर्वाचन आचार संहिताको बारे जानकारी गराउदै उल्लंघन भएमा हुने कारबाहिको बारेमा समेत जानकारी गराउनुभएको थियो ।

 

कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त , उपाध्यक्ष नर्मदा भण्डारी , नेकपा एमाले छत्रकोट गाउँ कमिटी अध्यक्ष पिताम्बर अर्याल , नेपाली कांग्रेस जिल्ला कार्यसमिती गुल्मीका उपसभापति अनन्त पौडेल , नेपाली कांग्रेस छत्रकोट गाउँ कार्यसमिती सभापति धातानन्द भुसाल , नेकपा माओबादी केन्द्र छत्रकोट गाउँकमिती अध्यक्ष लोकनाथ पान्डे , नेकपा एमाले छत्रकोट सचिब यज्ञ पाण्डे , राष्ट्रिय जनमोर्चाका नेता श्यामलाल पन्थ , दधिराम कंडेल , माओवादी केन्द्र छत्रकोट उपाध्यक्ष रामप्रसाद कंडेल लगायतको उपस्थिति थियो ।

 

कार्यक्रममा छत्रकोट गाउँपालिका वडा न १ का वडा अध्यक्ष धातानन्द भण्डारी , २ का रुक बहादुर राकसकोटी , ३ का तेजकान्त अर्याल , ४ का डिलाराम न्यौपाने , ५ का कृष्ण पन्थ र ६ का थम्मन ज्ञवाली समेतको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागी राजनैतिक दल , तिनका नेताले निर्वाचनलाई भयरहित , निष्पक्ष , र स्वतन्त्र रुपमा सप्पन्न गर्न आफुहरु प्रतिबद्द रहेको बताएका छन ।

 

कार्यक्रममा आसन्न स्थानिय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता व्यवस्थित बनाउन बैशाख ११ गते बिहान ११ बजे देखि २ बजे सम्म नेकपा एमालेले उम्मेदवारी दर्ता गर्ने निर्णय समेत गरिएको छ । त्यस्तै दिउँसो २ बजे देखि ४ बजे सम्म राष्ट्रिय जनमोर्चालाई समय छुट्टाइएको छ ।
त्यस्तै नेपाली कांग्रेसले १२ गते बिहान १० बजे देखि १ बजे सम्म उम्मेदवारी दर्ता गर्न समय छुट्टाउने निर्णय गरिएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले बैशाख १२ गते दिउँसो १ बजे देखि ३ बजे सम्म उम्मेदवारी दर्ता गर्ने छ । बाकी रहेको समय एकीकृत नेकपा समाजवादी , राप्रपा र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ताको लागि छुट्टाइएको छ ।

मनोनयन दर्ताको दिन कार्यालयमा एकैपटक भिडभाड नहोस भन्नका लागि दलगत रुपमा समय बिभाजन गरिएको अधिकृत अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?