गुल्मीको रुरुक्षेत्रमा कबिता प्रतियोगिता सम्पन्न


भुवन भुसाल, बैशाख ९ गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिका बलेटक्सारमा खुल्ला कबिता प्रतियोगिता सम्पन्न भएको छ । छन्द दिवसको अवसर पारेर बिहीवार साहित्य जागरण केन्द्र गुल्मीले कबिता प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा रुरुक्षेत्र ४ कि अम्बिका न्यौपाने प्रथम हुनुभएको छ भने सत्यवती गाउँपालिका खैरेनीका भिमलाल भण्डारी दितिय हुनुभएको छ । प्रतियोगिता मा तेस्रो स्थान रुरु ४ का हेमन्त ज्ञवालीले प्राप्त गर्नुभएको छ भने रुरुक्षेत्र ४ का टंकनाथ ज्ञवालीले सान्त्वनामा चित्त बुझाउनु परेको छ । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको साहित्य जागरण केन्द्रका उपाध्यक्ष एवम् कवि बेद प्रसाद पन्थले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विशेष अधिकार समिती सभापति कमलराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम , उपाध्यक्ष लक्ष्मी देबि पन्थ , जिल्ला समन्वय समिती सदस्य हरि प्रसाद ज्ञ वाली , रुरु क्षेत्र ४ का वडा अध्यक्ष फर्शुराम ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी हरुको प्रस्तुतिको मुल्यांकन सहिद नारायण पोख्रेल बहुमुखी क्याम्पस रामापुर रुपन्देहिका क्याम्पस प्रमुख यदुलाल पन्थ र आदर्श माध्यमिक बिधालय छत्रकोट ४ दिगामका पुर्व प्रधानाध्यापक गुणाखर ज्ञवालीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?