वडा सदस्य कंडेल द्वारा राजिनामा , के देलान त स्वतन्त्र उम्मेदवारी?


भुवन भुसाल , बैशाख ९ गुल्मी
छत्रकोट गाउँपालिका वार्ड न ४ का वडा सदस्य चुण्ड प्रसाद कंडेलले पदबाट राजिनामा दिनुभएको छ । नेकपा एमालेबाट निर्वाचित वडा सदस्य कंडेलले आज गाउँपालिकामा राजिनामा बुझाउनुभएको हो ।

पार्टिले उम्मेदवार तोकिसकेको तर वहाँ आफू त्यो लिष्टमा नपर्दा पनि वहाँले किन राजिनामा दिनुभयो त भन्ने बिषय भने चर्चामा छ ।

गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेको राजिनामा पत्रमा वहाँले निर्वाचनमा खटिन पर्ने भएकाले बहालवाला जनप्रतिनिधि पार्टी काममा खट्दा पदको दुरुपयोग हुने देखिएकाले राजिनामा पेस गरेको बताउनुभएको छ ।

वहाले राजिनामा पत्रमा लेख्नुभएको छ “म छत्रकोट गा.पा. वार्ड ४ को निर्वाचित जनप्रतिनिधि चुण्ड प्रसाद कडेल ले आजका मितिसम्म आफ्नो जिमबारी पुरा गर्दै आइरहेकोमा आसन्न निर्वाचनमा सहभागी हुनुपर्ने साथै वहालवाला जनप्रतिनिधि पार्टीको प्रचार प्रसारमा सहभागी हुदा पदको दुरुपयोग हुने देखिएकोले उक्त वडा सदस्य पद बाट राजिनामा दिएको छु । आजकै मितिदेखी यो राजीनामा स्वीकृत गरी दिनु हुन अनुरोध गर्दछु ।”

नेकपा एमालेका पुराना नेताका रुपमा परिचित कंडेलले राजिनामा सङ्गै आफुलाई गत निर्वाचनमा टिकट दिने पार्टी , मत दिने मतदाता लगायतमा आभार व्यक्त गर्नुभएको छ ।

मतदाता एवं शुबेक्षुकलाई धन्यवाद दिदै वहाँ लेख्नुहुन्छ ” यसै पत्र मार्फत गत स्थानीय निर्वाचनमा मलाई विश्वास गरी टिकट दिने पार्टि नेकपा एमाले , विजयी गराउन अनवरत खट्ने पार्टि कार्यकर्ता , मतदाता , सुवेच्छुक लगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दछु । जनप्रतिनिधिको रूपमा ४ बर्ष ११ महिना को कार्यकालमा जन अपेक्षा अनुरूप का थुप्रै काम सम्पन गरेका छौं । हाम्रो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने छत्रकोट गाउँपालिका परिवार , गाउँपालिका बासी आमाबुवा , दाजुभाई तथा दिदिबहिनीहरु प्रती कृतज्ञ छु । ”

वहाले आफू पुन: जनप्रतिनिधिको रुपमा दोहोरिन सक्ने समेत लेख्नुभएको छ । नेकपा एमालेले टिकट दिने संभावना अब क्षीण बन्दै जादा वहाँ के स्वतन्त्र उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ त भन्ने प्रश्न स्थानीयले गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?