छत्रकोटमा नेपाली कांग्रेस का अनन्त पौडेलद्वारा उत्साहका साथ मनोनयन दर्ता


भुवन भुसाल , बैशाख १२ गुल्मी
नेपाली कांग्रेस छत्रकोटका अध्यक्ष पदका उम्मेदवार अनन्तराम पौडेलले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । छत्रकोट गाउँपालिकाको निर्वाचन कार्यालयमा पुगि पौडेलले आज बिहान सवा १० बजे उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उम्मेदवारी दर्ता गर्दै नेता पौडेलले आफ्नो उम्मेदवारी बिकास र समृद्धिको लागि भएको बताउनुभयो । उम्मेदवारी दर्ता पछि हामी सङ्ग कुरा गर्दै नेता पौडेलले भन्नुभयो ” मेरो उम्मेदवारी राजनितीको लागि र केबल जित्नको लागि होइन , बसाइँसराइ रोक्नको लागि हो , स्वास्थ्य र शिक्षाको सर्वसुलभ ब्यवस्थाको लागि हो तसर्थ हाम्रो टिमले जित्ने कुरामा हामी ढुक्क छौँ ” ।

” हामी बिजयी हुन्छौं , उत्पादनमा आधारित कृषि अनुदान , दैनिक आधारभुत सेवाहरु निशुल्क गर्ने , बसाइँसराइको यो बिकराल रुपलाई रोक्न हामिले योजनाबद्ध काम गर्ने छौं ” नेता पौडेलले भन्नुभयो ।

लामो समय प्राध्यापक सेवा गर्नुभएका नेता पौडेल जिल्लाकै शिक्षित नेताका रुपमा परिचित हुनुहुन्छ । नेता पौडेलले १८ बर्ष रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन पेसामा कृयाशिल हुनुहुन्थ्यो । नेता पौडेलले अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

शिक्षा क्षेत्रबाट राजनीतिमा प्रबेश गर्नुभएका पौडेलले स्थानीय तहमा छोरी बुहारी प्राबिधिक शिक्षा संचालन गरि महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम समेत योजनामा समाबेश गर्नुभएको छ ।

नेपाली कांग्रेस गुल्मीका उपसभापति समेत रहनुभएका पौडेलले आज उत्साहका साथ उम्मेदवारी दर्ता गर्नुभएको हो । छत्रकोटमा मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस पहिलो बनेको छ । अन्य पदको उम्मेदवारी मनोनयन दर्ताको काम चलिरहेको छ ।

उमेदवार पौडेलको प्रस्तावक कांग्रेस गुल्मीका पुर्व कार्यवाहक सभापति रबिराज ज्ञवाली रहनुभएको छ भने समर्थकमा नेपाली कांग्रेसका नेता धातानन्द भण्डारी रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?