गठबन्धनबाट छत्रकोटमा जनमोर्चाका गुमानशिंह


भुवन भुसाल , बैशाख १२ गुल्मी
छत्रकोट गाउँपालिकामा सत्ता गठबन्धन बाट गुमान शिंह पुनले उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सदस्य पुनले आज छत्रकोट गाउँपालिकाको निर्वाचन कार्यालय पुगि गाउँ पालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको हो ।

छत्रकोट ३ हर्दिनेटाका वडा सदस्य पदबाट राजिनामा दिएर नेता पुन गाउँपालिका उपाध्यक्ष पदमा भिड्न लाग्नुभएको हो । राष्ट्रिय जनमोर्चा भित्र मात्र होइन सिङ्गो छत्रकोटमै लोकप्रिय नेताका रुपमा परिचीत पुन निर्बिवादित नेताका रुपमा चिनिनु हुन्छ । गत निर्वाचनमा नेकपा एमाले संग चुनाबी तालमेल गरेर वडा सदस्य पदमा बिजयी पुनले वडामा सदस्यहरुमा सर्वाधिक धेरै १४ सय ९१ मत प्राप्त गर्नुभएको थियो ।

“काममा अनवरत खट्न सक्ने , तुरुन्तै निर्णय गर्न सक्ने , मिजासिलो बोलिचालिका कारण नेता पुनलाई जनमोर्चा का कार्यकर्ताले मात्र होइन छत्रकोटका जनताले नै प्रशंसा गर्दछन ” नेपाली कांग्रेसका नेता शंकर प्रसाद पन्थले भन्नुभयो ।
२०४९ सालदेखी राष्ट्रिय जनमोर्चा बाट राजनीति सुरु गर्नुभएका नेता पुन जनजाति सम्मेलनका क्षेत्रीय सदस्य समेत हुनुहुन्छ । छत्रकोटमा नेपाली कांग्रेस बाट अनन्त पौडेल अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने उपाध्यक्ष पद जनमोर्चाको भागमा परेको हो । छत्रकोटमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बिच चुनावी समीकरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?