नेकपा एमालेद्वारा छत्रकोटमा शक्ति प्रदर्शन सहित उम्मेदवारी मनोनयन दर्ता ( फोटो समाचार )

 

 

भुवन भुसाल , बैशाख १२ गुल्मी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले छत्रकोटले आज शक्ति प्रदर्शन सहित उम्मेदवारी मनोनयन दर्ता गरेको छ । आज गाउँपालिकाको निर्वाचन कार्यालयमा नेकपा एमालेका सबै उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।

 

 

नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली , प्रदेश सांसद कमलराज श्रेष्ठ सहितको र्याली आज भेडुवा बजार देखि गाउँपालिका सम्म तामझामका साथ पुगेको थियो । सयौंको संख्यामा नेता कार्यकर्ता सहितको र्याली नारा लगाउदै छत्रकोट मन्दिर परिक्रमा गरि गाउँपालिकामा पुगि मनोनयन दर्ता गरेको हो ।

 

छत्रकोटमा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा जिल्ला कमिटी सदस्य राम प्रसाद पाण्डे , उपाध्यक्षमा साबित्रा ज्ञवाली , वडा न १ मा अध्यक्ष रण बहादुर पल्ली , वडा न २ मा लिला बहादुर टण्डन , वडा न ३ मा तेजकान्त अर्याल , वडा न ४ मा गुणाखर ज्ञवाली , वडा न ५ मा कमल पाण्डे सरोज र वडा न ६ मा नारायण रेश्मीको टिम निर्वाचनमा भिड्दै छ ।

 

उम्मेदवारी दर्ता गर्दै गाउँपालिका अध्यक्ष पदका प्रत्यासी राम प्रसाद पाण्डेले आफ्नो मुल उद्देश्य बसाइँसराइलाई रोक्नु रहेको बताउनुभएको छ । ” मेरो मुख्य उद्देश्य बसाईसराई रोक्नु हो , त्यस्का लागि शिक्षा , स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्छु , आम कार्यकर्ताको शिर झुक्न पर्ने गरि काम गर्दिन ” उम्मेदवार पाण्डेले भन्नुभयो ।

 

मनोनयन दर्ता गर्नुभन्दा पहिले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिव ज्ञवालीले गत निर्वाचनमा भन्दा भारी मतान्तरले जित्ने दाबी गर्नुभयो । देशैभर एमालेको लहर चलेको भन्दै नेता ज्ञवालीले छत्रकोटमा मात्रै होइन देशभर सानदार तरिकाले निर्वाचन जित्ने दाबी गर्नुभयो । वहाँले नेकपा एमालेले अगाडि सारेका गाउँपालिका अध्यक्ष उम्मेदवार पाण्डे र उपाध्यक्ष ज्ञवाली र सबै वडा अध्यक्षहरु उर्जावान , बिकास प्रेमी र सक्षम रहेको भन्दै जित निश्चित रहेको दाबी गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?