उमेद्वारी दर्तासँगै चन्द्रमानको प्रतिक्रिया: शिक्षा र स्वास्थ्यमा सुधार गरी बजार पलायन रोक्नु पहिलो प्राथमिकता

छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका लागि नेता चन्द्रमान श्रेष्ठको उमेद्वारी दर्ता भएको छ । सोमबार गाउँपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेर श्रेष्ठले उमेद्वारी दर्ता गरेका हुन् ।

उमेद्वारी दर्ता गरेसँगै छोटो प्रतिक्रिया दिएका श्रेष्ठले गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रबन्ध गरी बजार पलायन रोक्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अनियन्त्रित र असन्तुलित बसाइसराइका कारण ग्रामीण बस्ती पातलो हुनुमा मुख्य रुपमा शिक्षा र स्वास्थ्य क्षेत्र

जिम्मेवार रहेको भन्दै यसको सुधारमा लाग्ने बताएका हुन् । शहर र गाउँ दुबैको विकास हुनुपर्ने तर शहरकेन्द्रित मात्र हुँदा गाउँ पातलीन थालेकोमा श्रेष्ठले पहिलेदेखि नै चिन्ता व्यक्त गर्दै आएका छन् ।

सेवाप्रवाह सरल र सहज बनाउने, तथा भौतिक विकास सँगै सबैले अनुभूति गर्न सक्ने गरी काम गर्न आफ्नो जीवनभरको अनुभव प्रयोग गर्ने श्रेष्ठको भनाई थियो ।

स्थानीय युवा नेता हरि पौडेल प्रस्तावक रही दर्ता भएको मनोनयनमा कांगे्रसका नेता कार्यक्रर्ता तथा समर्थकहरुको उत्साहजनक उपस्थिती रहेको थियो । कांग्रेस एकढिक्का भएर चुनावी प्रचारमा होमिएको र श्रेष्ठको व्यक्तिगत छबिका कारण पनि निर्वाचन शानदार तरिकाले जित्ने कांग्रेसले दावी गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?