नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष रामलाल बिक द्वारा स्वतन्त्र उम्मेद्वारी

 भुवन भुसाल , बैशाख १२ गुल्मी –   नेकपा एमालेका नेता एवं रुरुक्षेत्र गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष रामलाल बिकले पुन: वडा अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा बिजयी बिकले यो निर्वाचनमा दलबिहिन अर्थात स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

रिडिका लोकप्रीय नेताको छवि बनाउनु भएका बिकले तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेपछी असंवैधानिक कदम भन्नुभएको थियो । पार्टी नेतृत्वको गलत कदमको खुलेरै बिरोध गर्ने भएकाले बिकलाई वडा अध्यक्षको कार्यकालभरी स्थानीय रुपमा पार्टी बाट लगातार असहयोग हुँदै आएको बिकले बताउनुभयो ।

स्थानीय जनताको रोजाईको पात्र आफू रहेको तर पार्टिले जनभावना नबुझेर अन्यत्र टिकट दिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । आज नै वहाँले रुरुक्षेत्र गाउँपालिकाको निर्वाचन कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । तपाईंको उम्मेदवारी किन भन्ने हाम्रो प्रश्नमा नेता बिकले भन्नुभयो ” मेरो उम्मेदवारी जनताको लागि हो ” ।

“म वडा अध्यक्ष रहँदा बिकास निर्माण , जनताका मर्म अनुसारका कर्ममै अहिलेका गाउँपालिकामा उम्मेदवार भएकैले मलाई अवरोध गरिरहे , अहिले उनै बिकास बिरोधीहरु उम्मेदवार बनेका छन , जनताले तिन्लाई पक्कै चिन्नेछन , ती बिकास बिरोधि , ब्यक्तिवादिहरुले हार्नेछन ” नेता बिकले भन्नुभयो ।

नेता बिकले अहिले गाउँपालिकामा उम्मेदवार बनेकाले आफुलाई आफ्नो जात माथी नै लाल्छना लगाएर गाली गर्ने , दलित समुदाय माथी सधै अपमान गर्नेहरुलाई दलित समुदायले मात्रै होइन हरेक सचेत नागरिकले पराजित गराउने बताउनुभयो ।

” वडामा मात्रै होइन अन्य पदमा पनि पार्टी नेतृत्वले जनभावना बुझेन , जनमत नै नभएका , निर्वाचन केन्द्रित मात्रै गाउँमा बस्नेलाई टिकट दियो , यस्ले जनताकै अपमान भएको महसुस गरेको छु , मलाई बिश्वास छ जनताले मलाई पहिले जस्तै साथ दिनुहुन्छ ” नेता बिकले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?