उमेद्वारी दर्ता गर्दै कुवँरले भने: कसैलाई काखा कसैलाई पाखा हुनेगरी काम हुनेछैन

बैशाख १३, अर्घाखाँची –  छत्रदेव गाउँपालिका वडा नं ०८ को वडाअध्यक्ष पदमा उमेद्वारी दर्ता गराएका युवा नेता भीष्म कुवँरले कसैलाई काखा र कसैलाई पाखा हुनेगरी काम नगर्ने उद्घोष गरेका छन् । उनले नेकपा एमालेको तर्फबाट सोमबार उमेद्वारी दर्ता गरेका हुन् ।

स्थानीय कमल कुवँरको प्रताव र भीमलाल बस्यालको समर्थनमा बाक्लो कार्यक्रर्ता र समर्थकको उपस्थितीबीच उनले उमेद्वारी दर्ता गरे ।
स्थानीय सरकारबाट प्रदान गरिने सेवामा चरम राजनीतीकरण भएको र विभेदपूर्ण तरिकाले श्रोतसाधन परिचालन भएको भन्दै त्यसको सुधारतर्फ आफु अग्रसर भएको उनको भनाइ रहेको छ ।

छत्रदेवमा पाँच वर्ष स्थानीय सरकार नीतीगत भ्रष्टाचारमा लिप्त रहेको र जनताका एजेण्डाको कुनै सुनुवाई नभएकाले आफुले फराकिलो मतअन्तरले चुनाव जित्ने कुवँरको दावी थियो ।

व्यवसायिक पृष्ठभूमिबाट राजनीतीमा आएका कँुवर नेकपा विभाजनसँगै एमालेमा संगठित भएका युवा हुन् । सन्तुलित विकास निर्माण र सहज सेवासुविधा प्रदान गर्ने उद्धेश्यका साथ आफु चुनावी मैदानमा आएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?