छत्रकोट भालुपानीको गणेश मन्दिर भोली बिहिबार उद्घाटन हुँदै


भुवन भुसाल , बैशाख १४ गुल्मी
छत्रकोट गाउँपालिका वार्ड न ३ भालुपानीमा नवनिर्मित गणेश मन्दिर भोलि बिहिबार उदघाटन हुने भएको छ ।
स्वर्गीय राम प्रसाद पन्थको स्मृतिमा वहाँका भाई खिमलाल पन्थ र परिवारले निर्माण गरेको मन्दिर भोलि उदघाटन हुने भएको हो । बैशाख कृष्ण त्रयोदशी तिथि पारेर मन्दिरमा गणेश मुर्ती भित्राउन लागिएको मन्दिर निर्माणकर्ता खिमलाल पन्थले बताउनुभयो ।

भोलि बिहान ८ बजेदेखी मन्दिर परिसरमा भजन कृतन सहित गणेश मुर्ती स्थापना गर्ने , रुद्री पुजा गर्नुको साथै पाठपारायण गरिने देबि भगवती मन्दिर बृहत्तर बिकास समितिका अध्यक्ष कृश गुल्मेली बाबुले जानकारी दिनुभयो । मन्दिरमा मुर्ती स्थापना र उद्घाटन कार्यक्रममा उपस्थित हुन यहाँका सेवा क्षेत्र भित्रका स्थानीय र धर्मानुरागीहरुलाई निमन्त्रणा गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम भुसालले जानकारी दिनुभयो ।

छत्रकोट गाउँपालिका वार्ड न ३ मा जन्मिनुभएका जिल्लाकै प्रतिष्ठित निर्माण ब्यवसायी रामप्रसाद पन्थको २०७३ सालमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो । आफ्ना स्वर्गीय दाजुको सम्झनामा भाइ खिमलाल पन्थ र परिवारले गणेश मन्दिर निर्माण गरि शुभारम्भ गर्न लाग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?