“छत्रकोटमा गठबन्धनको उम्मेदवारी कसैको बिरुद्ध होइन , शिक्षा स्वास्थ्यको सर्वसुलभ व्यवस्था गरि बसाइँसराइ रोक्नका लागि हो”: अध्यक्ष पदका प्रत्यासी पौडेल

भुवन भुसाल , बैशाख १४ गुल्मी
छत्रकोट गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अनन्त पौडेलले आफ्नो र गठबन्धनको उम्मेदवारी कसैको बिरुद्ध नभएको बताउनुभएको छ । आफ्नो उम्मेदवारी न नेकपा एमाले न त अन्य कुनै दलका बिरुद्ध भएको भन्दै वहाले आफ्नो उम्मेदवारी बिकास र समृद्धिको निम्ति रहेको जनाउदै सौहार्दपुर्ण वातावरणमा स्थानिय तह निर्वाचनमा सहभागी हुन आम मतदातामा आग्रह समेत गर्नुभयो ।

यहीँ बैशाख ३० गते हुने पालिका चुनाबको लागि घरदैलो कार्यक्रमको सुभारम्भ गर्दै नेपाली कांग्रेसका गुल्मी जिल्ला उपसभापति समेत रहनुभएका पौडेलले यस्तो बताउनुभएको हो ।

 

” केबल राजनितीका लागि , केबल निर्वाचन जित्नका लागि म चुनाबी मैदानमा छैन , मैले बितेका ५ बर्ष छत्रकोटका जनताको समस्या देखेको छु ,राम्रो सङ्ग बुझेको छु र आफैले भोगेको पनि छु , तिनै समस्या अन्त्यका लागि हाम्रो गठबन्धनको उम्मेदवारी हो ” अध्यक्ष पदका प्रत्यासी पौडेलले भन्नुभयो ।

 

“आज पनि गाउँमा सर्वसुलभ स्वास्थोपचार , गुणस्तरीय शिक्षा र रोजगारीको अभाबमा दैनिक बसाइँसराइ बढ्दो छ , राज्यको बजेट केबल अनुत्पादक क्षेत्रमा खर्च गरेर अब गाउँमा आकर्षण बढाउन सकिँदैन , सिमित बजेटको उच्चतम सदुपयोगको योजना हामी सङ्ग छ , म सबै बिज्ञहरु सङ्ग छलफल गरेर अबको छत्रकोट कस्तो बनाउने भन्ने बिषयको खाका बनाउने काममै छु ” पौडेलले भन्नुभयो ।

 

म एक्लै केही होइन , बिज्ञ सङ्ग छलफल गरेर सबै योजना बनाउछु

“हामी राजनीति गर्नेहरुको एउटै समस्या छ कि हामी मलाई सबैकुरा मलाई थाहा छ भन्ने भ्रम पाल्दछौ तर मलाई सबै कुरा थाहा छैन भन्नेकुरा राम्रो सङ्ग थाहा छ तसर्थ म सबै क्षेत्रका बिज्ञको राय अनुसार गाउँपालिकाको शिक्षा , स्वास्थ्य , कृषि , रोजगारी , लघु उद्यम लगायतको योजना बनाउने छु ” पौडेलको भनाई छ ।

अध्यक्ष पदका प्रत्यासी पौडेलले कृषिमा के गर्दा वास्तविक किसानलाई लाभ हुन्छ भन्ने योजना बनाउदा किसानलाई प्रत्यक्ष सहभागी गराउने , युवालाई वास्तवमै गाउँमा टिकाईराख्न के गर्ने भन्ने योजना बनाउदा युवालाई नै राखेर योजना बनाउने बताउनुभयो । आफू राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरि १८ बर्ष अध्यापन पेशामा लागेको भएकै कारण शिक्षाका अधिकांस समस्या आफुलाई थाहा भएको र शिक्षाका अझै जानकार संग बसेर शिक्षा नीति बनाउने वहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छत्रकोटमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बिच चुनाबी गठबन्धन बनेको छ । राष्ट्रिय जनमोर्चा बाट गाउँपालिका उपाध्यक्ष पदमा पार्टिका जिल्ला सदस्य समेत रहनुभएका गुमानशिंह पुन लड्दै हुनुहुन्छ । वडा न १ को वडा अध्यक्षमा घनस्याम न्यौपाने , वडा न २ मा नरेन्द्र पल्ली , वडा न ३ मा बाबुराम पन्थ , वडा न ४ मा भेषराज कंडेल , वडा न ५ मा राम प्रसाद कंडेल , वडा न ६ मा गोपाल बहादुर बुचा वडा अध्यक्ष पदमा निर्वाचन भिड्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?