छत्रकोट १ हुँगाको जङ्गलमा भीषण आगलागी , बस्ती खतरामा पर्न सक्ने


भुवन भुसाल , बैशाख १५ गुल्मी
गुल्मी छत्रकोट गाउँपालिका वार्ड न १ हुँगाको जङ्गलमा भीषण आगलागी भैरहेको छ । हुँगाको पुर्व तर्फको जङ्गलमा आगलागी भैरहेको छ ।

तल बेसि देखि सुरु भएको आगो बस्ती सम्म नै पुग्न लागेको छ । आगोलागी सुरुभएको करिब आधा घण्टामै आगो जङ्गलभर फैलिएको छ । यहाँ अहिले हावाहुरी समेत चलेकाले भर्खरै पानी नपरे आगो नियन्त्रण गर्न कठिन हुने देखिएको छ ।
त्यहाँको थप बिवरण प्राप्त गर्न वडा अध्यक्ष धातानन्द भण्डारी सङ्ग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?