अर्घातोषको घटना दुखद,अनाहकमा कांग्रेसको नाम जोडिनु आपत्तिजनक : नेता श्रेष्ठ

नेपाली कांग्रेसको तर्फबाट छत्रदेव गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार चन्द्रमान श्रेष्ठले गएराती अर्घातोषमा भएको घटना दुखद भएको भन्दै सबैलाई संयमित हुन आव्हान गर्नुभएको छ । उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्तना नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । आजको सचेत युगमा पनि राजनीतीक विषयलाई लिएर भौतिक आक्रमण र मुठभेडमा उत्रिनु लज्जास्पद भएको उहाँको भनाई छ ।

साथै उक्त घटनामा केही व्यक्ति तथा समुहले जबरजस्ती नेपाली कांग्रेसको संलग्नता देखाउन खोजेको भन्दै त्यसतर्फ आप्mनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

साथै सामाजिक संजालमा कसैले गर्ने नियोजित दुस्प्रचार र टीकाटीप्पणीतर्फ सचेत रहन उहाँले आफ्ना नेता कार्यक्रर्ता तथा शुभेच्छुकहरुलाई आग्रह समेत गर्नुभएको छ ।

कांग्रेस स्वच्छ चुनावी प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको र आफू पंचायतदेखि हालसम्मका निर्वाचनमा अग्रपंतिमा रहेको स्मरण गर्दै आममानिसमा त्रास फैलाउने तथा अनुचित किसिमले मतदाता प्रभावित पार्ने तत्वहरुबाट विचलित नभई सजगता र उच्च मनोवलका साथ निर्वाचन गतिवीधिमा लाग्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफै मुठभेड निम्त्याउने र आफै गुहार माग्न जाने प्रवृति स्वच्छ राजनैतिक संस्कार नभएको जिकीर गर्नूभएको छ ।

अर्घातोषमा हिजो भएको झडपमा अर्घातोष स्वास्थ्य चौकीका प्रमुख विष्णु पौडेल र एमाले वडा सदस्य पदका उमेद्वार हुमप्रसाद श्रेष्ठ पनि घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?