गुल्मीमा पैचो सहकारी , एक लाख सदस्य बनाउने


भुवन भुसाल , बैशाख १७ गुल्मी
गुल्मीको छत्रकोटमा पैचो बहुउद्देश्यीय सस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय बाट इजाजत प्राप्त सहकारीले आज छत्रकोट ३ चोयगामा साधारण सभा सम्पन्न गरेको हो ।

प्रारम्भिक साधारण सभामा बोल्दै पुर्व मुख्य सचिब लिलामणी पौडेलले सहकारीले बचत सङ्गै उत्पादन संग जोडिएर अर्थोपार्जनमा लाग्न आग्रह गर्नुभएको छ । कार्यक्रममा बिशेष अतिथी रहनुभएका पौडेलले अहिले माइक्रोफाइनान्सको कारण अधिक व्याजमा पर्नुपरेको दुखान्त सुनाउदै त्यस्को जालोबाट मुक्ती पाउन पनि सहकारीले भुमिका खेल्न सकोस भन्ने शुभकामना समेत दिनुभयो । पौडेलले पछिल्लो समय केहि सहकारी पनि संचालकहरुको लापरबाहीका कारण डुबेको बताउँदै चनाखो भएर संचालन गर्न सुझाब दिनुभयो ।

छत्रकोट गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि मधुकृष्ण पन्तले सहकारी उत्पादन संग जोडिन सकोस भन्दै शुभकामना दिनुभयो । पैचो बहुउद्देश्यीय सहकारीको प्रधान कार्यालय छत्रकोट गाउँपालिकामा ल्याएकोमा समितिलाई अध्यक्ष पन्तले धन्यवाद समेत दिनुभयो । कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पन्तले आफुले यो ५ बर्षमा कृषि र उत्पादनको क्षेत्रमा गरेका कामको चर्चा समेत गर्नुभयो ।


कार्यक्रममा सहकारीका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष धुर्व न्यौपानेले सहकारी मार्फत उत्पादनमा जोड दिएर गाउँमै बसेर कृषि गर्ने युवालाई कारमा हिड्ने अवस्था बनाउने आफुहरुको उद्देश्य रहेको बताउनुभयो ।

गुल्मी अर्घाखाँची पाल्पा रुपन्देहीका जनतालाई सेवा पुग्ने गरेर सहकारीले काम गर्ने सहकारीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।


कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष न्यौपानेले भन्नुभयो ” यश संस्थाले निकट भबिस्यमा एक लाख सम्म सदस्य बनाउने योजना छ , आउदो आर्थिक बर्षमा ३ हजार सदस्य संख्या बनाउछौं ” ।

पैचो सहकारीमा शेयर लगानिको अधिकतम सिमा दस लाख रुपैयाँ सम्म छ भने कम्तीमा एक हजार बाट बचत सदस्य बन्न सकिने छ । सस्थाले तत्कालै बचत तथा ऋण , कृषि उत्पादन ,र लघुबित्तका माध्यमबाट सेवा सुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?