तलब नलिई जनताको निस्वार्थ सेवा गर्ने वडा अध्यक्ष पदका प्रत्यासी पन्थको प्रतिबद्धता


भुवन भुसाल , बैशाख १८ गुल्मी
नेपाली कांग्रेसको तर्फबाट छत्रकोट ३ का वडा अध्यक्ष पदका प्रत्यासी बाबुराम पन्थले वडा अध्यक्ष बनेपछी पाउने सबै तलब सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तलब भत्ताको आसमा गरिने राजनीति सेवा हुदैन , त्यो त पेसा हुन्छ भन्दै नेपाली कांग्रेस छत्रकोट ३ का सभापति समेत रहनुभएका पन्थले वडा अध्यक्ष बापत प्राप्त हुने तलब सामाजिक काममा खर्च गर्ने बताउनुभएको हो ।

एउटै जिबनकालमा अनेक अनुभव संगालेका बाबुराम पन्थ वडामा बलिया दाबेदारको रुपमा उदाएका छन । उनी सङ्ग गुल्मीका बिधालयमा अंग्रेजी बिषय अध्यापन , गाउँमै सामान्य व्यवसाय , लण्डनका सहरमा सुखसयल वाला जिन्दगी देखि स्वदेशमै केही गर्नुपर्छ भनेर नेपाल फर्की सुरुगरेको हार्डवयर ब्यवसायको अनुभव छ ।

वृद्धदेखि बालक सबै सङ्ग सहजै घुलमिल हुन सक्ने पन्थ सबै अनुभवले निखारिएका नेता हुन । उनले आफ्नो उम्मेदवारी पद प्राप्तीका लागि मात्र नभै आफ्नो जिवनकालको अनुभव ग्रामिण बिकासमा लगाउन भएको बताए । जनताको घरदैलो कार्यक्रममा जाँदा असाध्यै राम्रो प्रतिक्रिया पाएको भन्दै उनले आफ्नो जित जनताको जित हुने बताउनुभयो ।

छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बिच चुनाबी तालमेल छ । गाउँपालिका अध्यक्षमा कांग्रेस जिल्ला उपसभापति अनन्त पौडेल , उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका गुमानशिंह पुन , वडा न ३ का वडा अध्यक्ष बाबुराम पन्थ महिला सदस्य लक्ष्मी अर्याल , दलित महिला सदस्य बिरकुमारी नेपाली खुल्ला सदस्यमा कृष्ण पन्थ र प्रेम बुचाले उम्मेदवारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?