“छत्रकोट हामी जितिसकेका छौं , औपचारिकता दिन मात्रै बाकी छ” : एमाले नेता पाण्डेय

 

भुवन भुसाल , बैशाख १९ गुल्मी
नेकपा एमालेका तर्फबाट छत्रकोट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद पाण्डेयले आफुहरुले चुनाब जितिसकेको अब औपचारिकता दिएर घोषणा गर्न मात्रै बाँकिरहेको बताउनुभएको छ । लुम्छामा आयोजित कोणसभामा बोल्दै नेता पाण्डेयले भन्नुभयो ” छत्रकोटका जनताको साथ देखेरै भन्न सक्छौं , हाम्रो जित भैसकेको छ अब औपचारिकता दिन ३० गते कुर्नुपर्छ ” ।

आज छत्रकोट ३ लुम्छा बजारमा घरदैलो पछि आयोजित कोणसभामा नेता पाण्डेयले कांग्रेस र गठबन्धनले हारको मानसिकताले झुट र ढाटको सुरुवात गरेको आरोप लगाउनुभयो । नेता पाण्डेयले बिपक्षी गठबन्धनले अप्राकृतिक गठबन्धन गरेर यता र उता मुख फर्केका पार्टिका झन्डा एकैठाउँ बाँधेको आरोप पनि लगाउनुभयो । नेता पाण्डेयले आफुले कसैको आलोचना नगर्ने भन्दै आफू सङ्ग बिकासको स्पष्ट खाका रहेको बताउनुभयो ।

गाउँको सबैभन्दा ठूलो समस्या बसाइँसराइ रहेको भन्दै त्यस्को अन्त्यका लागि गुणस्तरीय शिक्षा , सर्वसुलभ स्वास्थ्य , र रोजगारिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले खानेपानी निशुल्क दिने , २० युनिट सम्म बिद्धुत निशुल्क गर्ने , कृषि सडक निर्माण गर्ने , सागुरा बाटो फराकिलो गर्ने लगायतका प्रतिबद्धता समेत सुनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले समेत निर्वाचन जितिसकेको भन्दै कति मतले जित्ने त्यस्का लागि मात्रै कुर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वहाँले पुन: दोहोर्याउदै आफ्नो जित निश्चित भैसकेको र घोषणा गर्न मात्रै बाँकी रहेको दोहोर्याउनु भयो । नेता पाण्डेयले नेकपा एमाले पार्टिमा नव प्रबेशीलाई कांग्रेसले धम्क्याउने थर्काउने गरेको भन्दै लोकतन्त्रको दुहाई दिने कांग्रेसलाई त्यो नसुहाउने समेत बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?