शारदा माध्यमिक बिद्यालय गुल्मीको ६५ औ वार्षिकोत्सब सम्पन्न ।

 राम कृष्ण कडेल , बैशाख २१ गुल्मी ।
शारदा माध्यमिक बिद्यालय गुल्मीदरबार गाउँपालिका ५ अमर अर्बाथोक गुल्मीको ६५ औं वार्षिकोत्सब कार्यक्रम विविध कार्यक्रम गर्दै मङ्ग्लवार सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिकसत्र २०७८ को वार्षिक परिक्षामा तहगत रुपमा उत्कृष्ट अङ्क प्राप्त गर्ने कक्षा प्रथम ,द्धितिय र तृतीय तथा बिधालय प्रथम द्धितिय र तृतीय हुने विद्यार्थी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी हरुलाइ विभिन्न अक्षयकोषको ब्याजबाट प्राप्त रकम बाट कार्यबिधिमा उल्लेख भए अनुसार पुरस्कार बितरण गरिएको थियो ।

सो कार्यक्रममा बिधालयका प्रधानाध्यापक जिबलाल पौडेलले बिधालयको शैक्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।उक्त कार्यक्रममा उत्कृष्ट शिक्षक अवार्ड शिक्षक केहरसिङ्ग धुरेल ,उत्कृष्ट अभिभावक अवार्ड रेखा श्रेष्ठ र उत्कृष्ट विद्यार्थी अवार्ड प्रतीक कंडेललाई अवार्ड द्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बिधालयको आर्थिक समृद्धिको लागि आर्थिक सहयोग गर्ने स्थानीय कुलबहादुर महत , प्रकाश अर्याल ,गोबिन्द खत्री , मोहन सिंह गाहा ,डिल्लिराज अर्याल, चन्द्र प्रसाद श्रेष्ठ ,पुरण श्रेष्ठ ,नारायण सुनार लगाएतका चन्दादाताहरुलाइ सम्मान गरिएको थियो ।कार्यक्रम बिधालय ब्यबस्थापन समिती सदस्य बाबुराम पन्तको अध्यक्षता र गाउँ शिक्षा इकाई प्रमुख नरेन्द्र प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।

भुवानन्द चन्द्रकला भन्डारी अक्षयकोष स्थापनार्थक बिद्यालयका पुर्व विद्यार्थी मदन भण्डारी र कमल भण्डारी तथा सेवानिवृत्त शिक्षक टोपनारायण भण्डारी द्वारा रु ५५१०५ रकमको अक्षकोष स्थापना गर्नुभएको थियो ।

अक्षकोष सस्थापक तथा आजिवन सदस्य हरुलाइ सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो।बिधालयका नृत्य निर्देशक टोप बहादुर ढेङ्गा द्वारा तयार गरिएका विद्यार्थी भाइबहिनी हरुका नृत्य द्वारा कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरिएको थियो । शिक्षक गिता खत्रीको स्वागत मन्तव्य र सहायक प्रधानाध्यापक बिष्णु प्रसाद कण्डेलले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथी शिक्षा शाखा निरीक्षक खिम बहादुर थापा,गाउँ शिक्षा समिती सद्स्य तारा गिरि,घन प्रसाद श्रेष्ठ ,भिमलाल कंडेल ,बिष्नु गिरिले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बिधालयबाट सेवा निबृत शिक्षक टोपनारायण भण्डारी लाइ बिधालयबाट मायाको चिनो तथा संमान पत्र द्वारा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?