गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्षमा एमालेका पाण्डेय निर्वाचित

 

गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्षमा रामप्रसाद पाण्डेय विजयी हुनुभएको छ । नेकपा एमालेको तर्फबाट उमेद्वार रहेका पाण्डेयले गठबन्धनतर्फका उमेद्वार अनन्त पौडेललाई ६३८ मतले पराजित गर्दै पालिका अध्यक्ष निर्वाचित हुनुभएको हो । पाण्डेयले ६ हजार ५ सय ८६ मत प्राप्त गर्दा नजिकका प्रतिद्धन्दी पौडेलले ५ हजार ९ सय ४८ मत पाउनुभयो ।

 

 

 

गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेको तर्फबाट उमेद्वार सावित्रा ज्ञवाली निर्वाचित हुनुभयो । उहाँले ६ हजार ४ सय ७२ मत ल्याउँदा गठबन्धनका उमेद्वार गुमानसिंह पुनले ५ हजार १ सय २४ मत प्राप्त गर्नुभएको छ ।

 

 

छत्रकोटका ६ वडामध्ये ३ वटामा एमाले र ३ वटामा नेपाली कांग्रेसले वडाअध्यक्षमा जित हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?