रुरुक्षेत्र ५ मा हरिप्रसाद ज्ञवाली पुनः दोस्रो कार्यकालका लागि निर्वाचित

माधव ज्ञवाली,गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न.५ को वडा अध्यक्षमा संयुक्त गठबन्धनका साझा उम्मेदवार हरिप्रसाद ज्ञवाली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

 

सोमबार सम्पन्न अन्तिम मत परिणाम अनुसार ज्ञवाली वडा अध्यक्षमा १ हजार १ सय ९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता पदमलाल श्रेष्ठले ७ सय ९२ मत प्राप्त गरे । ज्ञवाली नेकपा माओवादी केन्द्रका नेता हुन् । ज्ञवालीले ३ सय १७ मतको फराकिलो अन्तरले श्रेष्ठलाई पराजित गरेका हुन् ।

 

यता गाउँपालिका अध्यक्षमा संयुक्त गठबन्धनका नेता यदु ज्ञवालीले आफ्नो अग्रता कायम राखेका छन् ।वडा न.३ को मत गणना भइरहेको पछिल्लो मत परिणाममा यदु ज्ञवालीले नेकपा एमालेका हिमाल श्रेष्ठलाई पछि पार्दै अग्रता कायम गरेका हुन् । उपाध्यक्षमा भने एमाले बाट मिना देवि गौतमले गठबन्धनककि उम्मेदवार दुर्गा ज्ञवाली लाई पछि पार्दै आफ्नो अग्रता कायम गरेकी छन् ।

 

रुरुक्षेत्रमा नेकपा एमालेले ३ वटा वडा जितिसकेको छ। वडा न.१,२ र ६ मा एमालेको पुरै प्यानलै विजयी भएको हो। वडा न.३ मा पनि नेकपा एमालेले वडामा आफ्नो अग्रता कायम गरेको छ, अन्तिम मत परिणाम भने आउन बाकी छ। वडा न.४ को मत गणना बाकी रहदा त्यहा आउने मत परिणामलाई निकै महत्वका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?