रुरुक्षेत्र ३ मा एमाले नेता पौडेल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित

माधव ज्ञवाली,गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न.३ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार शेषनारायण पौडेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न अन्तिम मत परिणाम अनुसार पौडेल वडा अध्यक्षमा ८ सय ८१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी संयुक्त गठबन्धनका नरहरि ज्ञवालीले ३ सय ९९ मत प्राप्त गरे । पौडेलले ४ सय ८२ मतको फराकिलो अन्तरले श्रेष्ठलाई पराजित गरेका हुन् ।

 

६ वटा वडा रहेको रुरुक्षेत्रमा नेकपा एमालेले ४ वटा वडा जितिसकेको छ। यस अघि वडा न.१,२ र ६ मा एमालेको पुरै प्यानलै विजयी भइसकेको छ। वडा न.५ मा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ। वडा न.४ को नतिजा आउन बाकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?