एकैदिन १० रुपैयाले बढ्यो डिजेल पेट्रोलको मुल्य , ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय पुग्यो

 

काठमाण्डौ । नेपाल आयल निगमले  आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।

निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?