मतदातालाई धन्यवाद दिदै श्रेष्ठ


दुर्गा घायल गुल्मी
रुरुक्षेत्र गाउँपालिका गुल्मीमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनी निर्वाचनमा उपबिजेता बन्नु भएका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा रुरुक्षेत्र इन्चार्ज हिमाल श्रेष्ठ पुनः जनताको घर दैलो र टोल टोलमा पुग्नु भएको छ ।

भर्खर सम्पन्न स्थानीयतह निर्वाचनमा आफू उपबिजेता भएपनी आफुलाई जनताले दिएको मतको सम्मान गर्नुपर्ने मान्यताका साथ श्रेष्ठ मतदातालाई धन्यवाद दिन घरदैलो र टोल टोलमा पुग्नुभएको हो ।

श्रेष्ठले आफ्ना मतदाताहरुलाई धन्यवाद दिदै आफू उपबिजेता भएपनी निरन्तर जनताकै सेवामा रहने र समृद्ध रुरु बनाउन लाग्ने बताउनु भयो । लोकतान्त्रिकमा बिश्वास र सम्मान गर्ने नेकपा एमालेका हामी जनताको मतको उच्च सम्मान गर्ने भएकोले जित हार ठूलो कुरा नभएको र जनता नै जनार्दन भएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?