गुल्मीमा छाडा कुकुरको आतंक


दुर्गा घायल गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिका -४ बलेटक्सार र आसपासका वडामा छाडा भुसिया कुकुरले आतंक फैलाएका छन ।
कुकुरले गोठमा बाधेका पशु चौपाया मार्ने खाने गर्न थालेपछि कृषकहरु चिन्तित हुन थालेका छन ।

 

बुधबार दिउँसो रुरु – ४ बलेचौर निवासी बाल कुमारी श्रेष्ठको गोठमा बाधेका ४ वटा बाख्रा कुकुरले मारिदिएको छ ।
कुकुरहरु समूह बनाएर हिड्ने र घर नजिक नभएका गोठमा बाधेका बाख्रा र गाईका साना बाच्छाबाच्छी मार्ने खाने गरेका छन ।

 

तीन बर्ष अघि देखि यसरी कुकुर आतंक बढेको हो । तीन बर्ष अघि पनि कुकुरले सोही स्थानका गिरि प्रसाद श्रेष्ठको तीन वटा खसी बोका र एक बाख्रा गरि चार बाख्रा मार्दिएका थिए । गत बर्ष सोही स्थानकै कुल बहादुर सुनारको एउटा बाच्छो र दुई बाख्रा खाएको थियोे भने छिमेकी वडा बम्घामा पनि केही बाख्रा खाईदिएको थियो ।

 

यसरी कुकुरले पशु चौपाया मार्ने खाने गरेर दु:ख पाएका गाउँलेहरुले हालै सम्पन्न निर्वाचनमा भोट माग्न आउने उम्मेदवारहरुलाई छाडा कुकुहरु ब्यवस्थापन गरिदिन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?