ईश्वरी माविले गर्यो जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम

 

रामकृष्ण कडेल , जेठ १३ गुल्मी । गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ स्थित इश्वरी माबिले नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं ५, ६ र ७ बाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोज कुमार थापा, नवनिर्वाचित उपाध्यक्ष तारा थापा ढेंगा, वडा नं ५ का अध्यक्ष गुणानिधि पौडेल, वडा नं ६ का अध्यक्ष मुकेश थापा र वडा नं ७ का अध्यक्ष शालिकराम टण्डनले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा विद्यालायकी सहायक प्रधानाध्यापक हिमकला रानाको स्वागत मन्तव्य , प्रधानाध्यापक हरि बहादुर कार्कीले समग्र कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा शैक्षिकसत्र २०७८ मा आधारभूत तह स्तरीय परीक्षा ९कक्षा ८० मा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थी कुशल शाही र उनको अभिभावक ध्रुव शाहीलाई र प्राथमिक तह ९ कक्षा ५० मा उत्कृष्ट अंक ल्याइ द्वितीय स्थान हासिल गरेकी छात्रा रितिशा शाही र उनको अभिभावक शारदा शाहीलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा विद्यालयमा विभिन्न योगदान पुर्‍याउनुभएका शिक्षकद्वय जोगमोहन शाही र कविता अर्याललाई सोही समारोहमा सम्मान गरिएको थियोे । सोही अवसरमा कक्षा ११ द्वारा कक्षा १२ लाई बिदाइ गर्दै आगामी जेठ १६ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षाको सफलताको शुभकामना प्रदान गरिएको थियो । कार्यक्रमको बिच बिचमा विद्यार्थीहरूको नृत्यले थप रौनकता प्रदान गरेको थियो । गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेंगा रहनुभएको थियोे ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू शिक्षक अभिभावक संघका पदाधिकारीहरूको आतिथ्यता गुल्मीदरबार गाउँ कार्यपालिका सदस्यहरू, विद्यालयका शिक्षक कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व शिक्षक अभिभावक संघका अध्यक्ष अम्मर बहादुर कुँवर रहेको थियोे भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक टोप बहादुर थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?