“गुल्मेली जनताको अभिभावक बन्छु ” : रामकुमारी झाँक्री

काठमाडौ १३ जेठ , शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मेली जनताकाे अभिभावक वन्न्ने वताएकी छन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मी काठमाडौं सम्पर्क मञ्चले शुक्रबार काठमाडौंमा आयाेजना गरेकाे स्थानीय तह निर्वाचनकाे समिक्षा कार्यक्रममा वाेल्दै मन्त्री रामकुमारी झाँक्रीले आफू गुल्मेली जनताकाे अभिभावक वन्ने वताएकी हुन ।

लामाे समयदेखि राजनीतिमा सक्रिय हुँदै सासंद र मन्त्री भएपनि गुल्मेली जनताकाे प्रत्यक्ष जनमतले आफू अभिभावक वन्न आतुर रहेको उनले वताईन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेकी झाँक्रीले भनिन` म तपाईंहरु पार्टीका नेता कार्यकर्ताहरुसगै गुल्मेली जनतालाई निरास हुन दिदैन ।´ मन्त्री झाँक्रीले आगामी सघंकाे निर्वाचनमा गुल्मीवाट आफू उम्मेदवार वन्ने पक्का भएको दावी गरिन । उनले गुल्मीको विकास र गुल्मेली जनताकाे जिवनस्तर उकास्ने आफ्नो प्रमुख काम भएकाे वताईन ।

 

स्थानीय निर्वाचनमा भएका केही कमजोरीलाई सिकाईका रुपमा लिएर आगामि सघं र प्रदेशको निर्वाचनमा जानुपर्ने झाँक्रीकाे भनाइ रहेको छ । विद्रोह गरि पार्टी निर्माण गरेकाे ८ महिनामा पार्टी र चुनाव चिन्हकाे यति धेरै जनताकाे विचमा पुग्न सक्नु र मत लिनु ठुलाे उपलब्धिका रुपमा लिनुपर्ने वताईन । मन्त्री झाँक्रीका अनुसार स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएकाे चुनावी गठवन्धन अधिकाशं ठाउमा सफल भएकाे वताईन ।

 

कार्यक्रममा केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज गणेश खनाल,केन्द्रीय सदस्य प्रमेश पाेखरेल,शिव सुवेदी,समीर गाैतम,दामाेदर चालिसे, दयाराम पाण्डे,विक्रम जिएम,लक्ष्मण झाँक्री,जनक नेपाली लगायतले जिल्लाकाे स्थानीय तह निर्वाचनको वारेमा रिपोर्टिङ गरेका थिए । कार्यक्रम मञ्चका उपाध्यक्ष विक्रम जिएमकाे अध्यक्षता र सचिव समीर गाैतमकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?