कार्यालय सहयोगी बाट वडा अध्यक्ष पदमा बिजयी

सुनिल क्षेत्री गुल्मी – बाग्लुङ्गमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति अहिले सोही कार्यालयमा वडाध्यक्ष भएर जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त भएको छ। बरेङ गाउँपालिका वडा नं. ४ मा निर्वाचित वडाध्यक्ष किसन बहादुर खत्री करिब चार बर्ष सोही कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यारत भई काम गरेका थिए।

खत्री चार बर्ष बरेङ गाउँपालिका वडा नं. ४ सल्यान को कार्यालय सहयोगी पदमा कार्यरत थिए । २०७४ को स्थानीय तह निर्वाचनमा स्बतन्त्र उम्मेदवार बाट लिल बहादुर खत्री वडाध्यक्षमा निर्वाचित भएपछि किसन बहादुर खत्री कार्यालय सहयोगी पदमा नियुक्त भई काम गर्न थाल्नु भएको थियाे।

कार्यालय सहयोगीको पदबाट राजिनामा दिएर वडाध्यक्षको निर्वाचनमा होमिनु भएका खत्री निर्वाचित हुनुभएको छ ।
कार्यालय सहयोगी पदमा रहँदा सरसफाईदेखी झाडु लगाउने भुईं पुछ्ने सम्मका काम गर्नु हुन्थ्यो। खत्री निर्वाचित भएपछि सल्यानकाे खस्किदाे शिक्षा लाई पुणरुपमा सुधार ल्याउने सामान्य जोरो तथा रुघाखोकी को उपचारको लागि शान्तिपुर धाई रहने सम्सया बाट मुक्त हुन वडामै स्वास्थ चौकी स्थापना गर्ने खत्रीले बताउनु भयो।खत्रीले आफू सामान्य परिवार ब्याक्ती रहेको हुदा कुनै लोभ लालच नगर्ने बताए।दलित,महिला अपाङ्ग र युवा हरु सँग हातेमालो गरेर आगाडि बढ्ने पनि उहाँ बताउनु भयाे।

अहिले किसन बहादुर खत्री वडाध्यक्ष भएको देख्दा स्थानीय पनि खुसी भएका छन् । जनतालाई सेवा दिने ठाउँमा पुगेको भन्दै स्थानीय खुसी भएका हुन् । वडाध्यक्ष पदमा उहाँ जस्तै अन्य व्यक्तिहरु पनि उम्मेदवार बनेका थिए । तर, उहाँले सबैभन्दा धेरै मत प्राप्त गर्नुभयो । त्यो जनमतले कार्यालय सहयोगीको कुर्सी देखी वडाध्यक्षको कुर्सीसम्म पुर्‍याएको छ ।

अर्का उमेद्वार लिल बहादुर खत्री लाई ५२ मतले पछि पार्दै गठबन्धन बाट नेपालि काग्रेसको वडाध्यक्षमा निर्वाचित हुनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?