चन्द्रकोटमा गठबन्धनका ६ जना कार्यपालिका सदस्य निर्वाचितः गठबन्धनको बहुमत

महेश बोहरा, १५ जेठ, गुल्मी ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा आइतबार भएको कार्यपालिकाको निर्वाचनमा गठबन्धनका ६ जना सदस्य निर्वाचित भएका छन । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी ४२ जना मतदाता रहेका थिए ।

 

निर्वाचनमा गठबन्धनका सबै उम्मेदबार विजयी भएको गाउँपालिकाका अध्यक्ष्य युवराज केसीले बताए । १६ सदस्य कार्यपालिकामा गठबन्धनका १३ जना, २ जना एमाले र १ जना स्वतन्त्र सदस्य रहेका छन । निर्वाचित हुनेहरुमा महिलाको तर्फबाट लक्ष्मीमा अर्याल, डिलमाया बुढाथोकी, बिष्णुकला थापा, बिष्णुमाया सापकोटा निर्वाचित भएका छन ।

 

यस्तै दलित तथा अल्पसंख्यकबाट धनबहादुर बिक र सूर्यकुमार बस्याल निर्वाचित भएका हुन । स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनमा चन्द्रकोट गाउँपालिकमा अध्यक्ष र उपाध्यक्ष सहित गठबन्धनले ५ वडा जितेको छ । यस्तै २ वटा एमाले र एक वडामा स्वतन्त्र उम्मेदबार निर्वाचित भएका छन । निर्वाचन अधिकृत लोकनाथ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुको प्रमाण पत्र वितरण, शपथ ग्रहण र बधाई कार्यक्रम सम्पन्न भएको छ ।

 

गाउँपालिकाका अध्यक्ष युवराज केसी, निर्वतमान अध्यक्ष द्रोण खत्री, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले गरेका थिए । चन्द्रकोटमा निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?