आईपीएल क्रिकेटको उपाधि नवप्रवेशी टोली गुजरातले जित्यो

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले जितेको छ ।

गएराति भएको फाइनल खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए भने कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन बनाए भने याशभी जैसवालले २२ रन, रियान परागले १५ र सञ्जु सामसनले १४ रन बनाए । गुजरातका हार्दिक पाण्डेयले ३, रविश्रीनिभासन साइ किशोरले २ विकेट तथा मोहम्मद शामी, यश दयाल र राशिद खानले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?