”सभ्य समाज निर्माणका लागि म अनवरत लागिरहन्छु” : कार्यपालिका सदस्य घायल

भुवन भुसाल , जेठ १६ गुल्मी

लामो समय पत्रकारितामा कृयाशिल दुर्गा घायल बिश्वकर्मा गुल्मीको रुरुक्षेत्र गाउकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट जातिय बिभेद अन्त्यका लागि लामो समय देखी कलम चलाऊदै आउनुभएका घायलले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

रुरुक्षेत्र गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएर सपथ ग्रहण लगत्तै कार्यपालिका सदस्य दुर्गा घायल बिश्वकर्माले आफुले समृद्ध रुरुक्षेत्र सुखी रुरुवासि बनाउँन आफ्नो निरन्तर पहल रहने बताउनु भएको छ । ” मैले जुन समुदायको प्रतिनिधित्व गरि जुन समुदाय बाट यहाँ सम्म आए मैले मेरो धरातल बिर्सनु हुदैन” घायलले भन्नुभयो । वहाँले यो समुदायको उत्थानका निम्ति आफुले सके सम्म राजनैतिक सामाजिक आर्थिक भौतिक र नैतिक हरेक किसिमको पहल गर्नु आफ्नो कर्तव्य भएको बताउँनु भयो ।

‘हाम्रो समाजमा कलंक कै रुपमा जरा गाडेर बसेको जातीय छुवाछूत तथा विभेदजन्य गतिविधि को अन्त्य गर्न साझा प्रतिबद्धताको खाचो भएको जानकारी गराउदै वहाँले भन्नुभयो ”आधुनिक एवम् सभ्य समाज निर्माण को मुख्य बाधक रहेका यस्ता व्यवहार केवल औपचारिकताका लागि गरिने कुनै पनि प्रयासले नियन्त्रण हुदैनन् , त्यसका लागि मनोवैज्ञानिक रुपमै विकसित सचेतता अपरिहार्य छ ”  ।

उदारता वा सहानुभूतिको सट्टा हामी सबैको दायित्वबोध हुन सके मात्रै मनैबाट विभेद हटाउन सकिन्छ भन्ने आफ्नो स्पष्ट दृस्टिकोण भएको बताउदै वहाँले जातीय विभेदविरुद्द “हामी सबैको पहल” कार्यक्रम अगाडि बढाउन पहल गर्ने बताउनुभयो । लोक तथा दोहोरी गायक समेत रहनुभएका वहाँले कार्यपालिका सदस्य भएपछी जातिय बिभेद अन्त्यकालागि आफुलाई कार्यपालिकाबाट नियमानुसार प्राप्त हुने आर्थिक सुविधाको सुरुवाती केही हिस्सा छुवाछूत विरुद्धको सचेतना अभिवृद्धिका लागि परिचालन गर्ने घोषणा गर्नुभएको छ ।

सचेतना अभिबृद्धिका लागि रेडियो प्रभावकारी माध्यम भएकाले आफ्नो सेवा सुबिधा बाट एक बर्ष रेडियोमा सचेतना अभिबृद्धिका सामाग्री प्रसारण गर्ने घोषणा गर्नु भएको छ । वहाँ नेकपा एमाले बाट लामो समय राजनीतिमा कृयाशिल रहदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?