जनमुखी निर्णयमा अब्बल बन्दै छत्रकोट , सुत्केरी हुने महिलालाई निशुल्क एम्वुलेन्स सेवा दिने , अरु के के भए त निर्णय ?

भुवन भुसाल , जेठ १६ गुल्मी
गुल्मीको छत्रकोट गाँउपालिकाको पहिलो पुर्ण बैठक केहि महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । आज थप ६ जना कार्यपालिका सदस्य निर्वाचित भएपछि पहिलो पटक पुर्ण बैठक बसेको हो ।

आज सम्पन्न बैठकले पालिका भित्रका सुत्केरी हुने महिलाहरुलाई पालिका भित्रको अस्पताल र सो अस्पतालले रिफर गरेको अर्को अस्पताल सम्म निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । गाँउपालिका अध्यक्ष राम प्रसाद पाण्डेका अनुसार गाँउपालिका सुन्य होम डेलिभरी घोषणा भाईसकेको कार्यक्रमलाई दिगोरुप दिन र सुरक्षित मातृत्वकालागी पालिकाले सो निर्णय गरेको हो ।

कार्यपालिका बैठक पछि हामी संग कुरा गर्दै पालिका अध्यक्ष पाण्डेले भन्नुभयो “ हामी जनप्रतिनिधी जनताका सासक होईनौं , वास्तबिक सेवक हौं । जनताका वास्तविक अपेक्षा अनुरुपका निर्णयहरु मात्रै गछौं , जनसेवक बन्छौं र छत्रकोटलाई सबैले आहा भन्ने साझा फुलवारी बनाउछांै ”।

 

आफु गाँउपालिका अध्यक्ष पदको प्रत्यासी हुँदै स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्ने घोषणा गर्नुभएका रामप्रसाद पाण्डे नेतृत्वको छत्रकोटले एकपछि अर्को जनमुखि निर्णय गर्दै गएको छ । छत्रकोटका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मिको अभाव भएको भन्दै तत्कालै १४ जना बिभिन्न पदका स्वास्थयकर्मिको पदपुर्ति गर्ने निर्णय समेत गरेको छ । छत्रकोटले यस अघि नै थप नयाँ एम्वुलेन्स खरिद गर्ने निर्णय गरिसकेको छ ।

 

आज सम्पन्न बैठकले गाँउपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ४ का वडा अध्यक्ष गुणाखर ज्ञवालीलाई बनाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?