ढोरपाटन नगरपालिकाले पायो सबैभन्दा कम बजेट, हेर्नुहोस बाग्लुङका कुन स्थानिय तहलाई कति बजेट

झरना कंडेल ,जेठ १८ काठमाडौं
बाग्लुङ जिल्लामा रहेका दश स्थानिय तहलाई संघिय सरकारले ४ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० का लागि बाग्लुङलाई समानीकरण, स–सर्त, विशेष र समपुरक अनुदान गरेर ४ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

सरकारले बाग्लुङका चार नगरपालिका मध्ये सबैभन्दा धेरै बाग्लुङ नगरपालिकालाई ८५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उता ढोरपाटन नगरपालिकालाई सबै भन्दा कम ३७ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, ६ वटा गाउँपालिका मध्ये सवैभन्दा धेरै बडिगाड गाउँपालिकालाई ४८ करोड ४ लाख रुपैयाँ विनियोजन गरेको छ। सबैभन्दा कम तमानखोला गाउँपालिकालाई २१ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अन्य स्थानिय तहले कती पाए ?

नगरपालिका तर्फ जैमिनी नगरपालिकालाई ५२ करोड २४ लाख, गल्कोट नगरपालिकालाई ५१ करोड १ लाख विनियोजन भएको छ ।
त्यसैगरी ताराखोला गाउँपालिकालाई २६ करोड ४३ लाख, निसीखोला गाउँपालिकालाई ३३ करोड १२, काठेखोला गाउँपालिकामा ३९ करोड ७६ लाख, र बरेङ गाउँपालिकालाई ३० करोड ५ लाख रूपैया विनियोजन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?