बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्रे ःकालोपत्रे गरेर सडक नबुझाउदै सडकमा खाल्डा

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्रे भएको छ ।

निर्माण कम्पनीले कालोपत्रे गरेर सडक नबुझाउदै सडकमा खाल्डा परेको, मापदण्ड अनुसार कालोपत्रे नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधिएको छ ।

 

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीको नाममा एक सूचना प्रकाशन गर्दै ७ दिन भित्र कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । मध्यपहाडी राजमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द–शंकरमाली जेभीलाई हटिया–बुर्तिवाङ खण्ड निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको छ ।

 

कम्पनिका आधिकारिक प्रतिनिधि इ. हेमराज गुभाजुका नाममा आयोजनाले ७ दिनभित्र आधिकारिक प्रतिनिधी स्वयम कार्यालयमा उपस्थित भई स्पष्टिकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरेको छ । कालोपत्रे भएको सडक समेत खाल्डाखुल्डी परेको, फिनिसिङ नगरेको र सम्झौता अनुसारको पूर्वाधार समेत नबनाएको र पटक–पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभएको छ ।

 

उहाले सात दिन भित्र कार्यालयमा ठेकेदार नआए कानूनी प्रकृया अगाडी बढ्ने तथा हस्तान्तरण नभएको सडक मर्मतका लागि अर्को ठेक्का लगाउन नमिल्ने उहाँको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?