गुल्मी : श्रीमददेवी भागवत ज्ञान महायज्ञमा ३ दिनमै ७ लाख बढी संकलन , धार्मिक आस्थाले अस्ट्रेलिया बाट नेपाल

भुवन भुसाल , जेठ २३ गुल्मी
गुल्मीको सत्यवती ६ मा संचालित श्रीमददेवी भागवत ज्ञान महायज्ञमा ३ दिनमै ७ लाख बढी रकम संकलन भएको छ । ढाब खल्लुखरुखमा नवनिर्मित बैष्णोदेबी मन्दिरको उदघाटनका समयमा आयोजना गरिएको महायज्ञ यहि जेठ २१ गतेबाट सुरु गरिएको हो ।

२९ गते सम्म संचालन हुने देबिभागवत ज्ञान महायज्ञमा हाल सम्म ७ लाख बढी रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष पर्शुराम भण्डारीले जानकारी दिनुभयो । महायज्ञमा १ हजार ८ बिवेकानन्द सरस्वतीजी महाराजले प्रवचन दिईरहनुभएको छ भने पण्डित चेतराज कंडेलले संगीतमय कथा वाचन गरिरहनुभएको छ ।

दैनिक कलाकारहरुबाट भक्ति संगीत प्रस्तुत गरिने महायज्ञमा यहाँका सत्यवती , चन्द्रकोट , मुसिकोट , छत्रकोट, रुरुक्षेत्र , रेसुङ्गा लगायतका स्थानिय तहका श्रद्धालुहरुको भिड लाग्ने गरेको छ । यस क्षेत्रमै पहिलो पटक बैष्णोदेबीको मन्दिर स्थापना भएपछी सत्यवती र आसपास बाट बसाइँसराइ गरेर बाहिर गएकाहरु समेत मन्दिरमा संचालित महायज्ञमा सहभागी हुन यहाँ आएका मन्दिर व्यवस्तापन समितिका अध्यक्ष कर्ण बहादुर खत्री भण्डारीले बताउनुभयो । अध्यक्ष खत्रीले भन्नुभयो ”  बैष्णो देबिको मन्दिर यो क्षेत्रमै पहिलो पटक निर्माण गरिएको छ , तसर्थ पनि टाढा टाढाबाट दर्शनार्थी आइरहनुभएको छ ” ।

धार्मिक आस्थाले अस्ट्रेलिया बाट नेपाल

आफ्नो जन्मथलोमा माता बैष्णोदेविको मन्दिर निर्माण हुने थाहा पाएपछी निर्माणकै चरणमा रहँदा नगद एक लाख सहयोग गर्नुभएका हाल अस्ट्रेलियामा रहनुहुने एनआरएनका उपाध्यक्ष मन खत्री मन्दिर उदघाटनकै निम्ति नेपाल आउनुभएको छ । ” धर्म ,संस्कार , सस्कृती हराउदै गएको बेला गाउँमा मन्दिर बन्न लागेको थाहा पाएपछी सुरुबाटै सहयोग गर्न मन लाग्यो र गरेँ , उदघाटन सङ्गै महायज्ञ हुने थाहा पाएरै यत्ती कामको लागि आएको हुँ पर्सि अस्ट्रेलिया फर्कन्छु ” खत्रीले भन्नुभयो ।

हाल अस्ट्रेलियामा शिक्षा क्षेत्रमा लगानी गरिरहनुभएका खत्रीले मन्दिर संचालनका लागि थप २ लाख सहयोगको घोषणा समेत गर्नुभएको छ । अस्ट्रेलिया बाट मात्रा होइन यहाँ बाट भारत लगायतका अन्यदेशमा बसोबास गर्ने स्थानिय पनि यज्ञमा सहभागी हुन सत्यवती आएका छन ।

२९ गते सम्म संचालन हुने महायज्ञमा दैनिक वैदिक पुजा अर्चना , पाठपारायण , कथा , प्रवचन , लक्षबत्ती प्रज्वलन , र साझ आरती सहित रात्रीकालीन भजन कृतन समेत हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?