पर्यटन बोर्डद्धारा मित्रराष्ट्र नाइजेरियाको सेनाको भ्रमणदलसँग पर्यटनबारे छलफल

 

नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणमा नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र नाइजेरियाको सेनाको टोलीसंग नेपालको पर्यटनका बारेमा अन्र्तक्रिया गरेको छ । काडमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा मित्रराष्ट्र नाइजेरियाको National Defence Course -NDC_–30मा सहभागी शिक्षार्थी तथा फ्याकल्टी मेम्बरहरु सम्मिलित २२ सदस्यीय भ्रमणदलका सदस्य तथा नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

Tourism Development in Nepal and Lessons for Nigeria भन्ने थिममा आधारित रही नेपाल भ्रमणमा रहेको एनडीसीको २०७९ जेठ २२ गते देखि नेपाल भ्रमणमा रहेको छ । उक्त भ्रमणदललाई नेपालका पर्यटनसंग सम्बन्धित विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गरिएको थियो । सोही अवसरमा एनडीसीको टोलीलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपाल भौगोलिक विधितायुक्त सुन्दर देश भएको उल्लेख गर्दै नेचर कल्चर र एडभेन्चर यी तिनै सबै खालका पर्यटकीय गतिििवधिका लागि विश्वभरबाट पर्यटक आउने गरेको बताउनु भयो । उहाँले नाइजेरियन सेनासँगको अन्र्तक्रियाबाट त्यहाँबाट नेपाल आउन चाहने नाइजेरियन पर्यटकका लागि थप सूचना सम्प्रेषण हुने बताउनु भयो ।

उक्त भ्रमण टोलीका Head of Delegation Brigadier General Alechenu Mike Alechenu ले नेपाली सेना र नाइजेरियन सेनाका बीचमा आफ्नै खालको सम्बन्ध रहेको उल्लेख गर्दै यो अन्तरक्रियाबाट नेपालको पर्यटनबारे धेरै जान्ने मौका मिलेको र यसले भोलीका दिनमा जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताउनु भयो । यस्तै नाइजेरियाका सेनाका Brigadier General RT Utsaha ले बोर्डले आयोजना गरेको कार्यक्रमबाट नाइजेरियन सेनाले नेपालको पर्यटनका बारेमा धेरै जान्ने मौका मिलेको बताउँदै नेपालको आतिथ्यता साच्किै प्रंशसनिय रहको प्रतिक्रिया दिनुभयो ।


कार्यक्रममा बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटनमा समग्र पक्ष र नेपालका पर्यटकीय गन्तव्यका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको आतिथ्यता यहाँको प्राकृतिक सौन्दर्य पर्यटकका लागि आर्कषणको केन्द्र रहेको बताउनु भयो । कार्यक्रममा नाइजेरियन सेनाका सहभागीहरुले यस किसिमको भ्रमणले दुई देश बीचको पर्यटकीय सम्बन्धलाई अझ सुमधुर एवं मजबुत पार्न थप मद्दत पुग्न गई दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको बताउँदै नेपालको समग्र पर्यटन,पर्यटकको सुरक्षा तथा कनेक्टिभिटीका बारेमा जिज्ञासा राखेका थिए ।

जेठ २२ गते देखि नेपाल भ्रमणमा रहेको उक्त भ्रमण दलले शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, पोखरा स्थित श्री मध्य कमाण्ड हेडक्वार्टर तथा पाँचखाल स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत नेपालस्थित विभिन्न पर्यटकीय स्थल एवं सो सँग सम्बन्धित निकायहरुको भ्रमण सम्पन्न गरी मिति २०७९ जेठ २८ गते नाइजेरिया फिर्ता हुने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?